Top 4

    Showing 5,701-5,710 of 9,514 items.
  • कानुनी प्रक्रिया पुरा नगरी साबुन उद्योग

    विजयपुर/  कानुनी प्रक्रिया पुरा नगरी वन क्षेत्रमा साबुन उद्योग स्थापना गर्न थाले पछि जिल्ला वन कार्यालयले निर्माण कार्यको अवरोध गरेको छ । धरान वडा नम्बर २० मा निर्माण हुदै गरेको ‘माया धराने’ नामको साबुन उद्योग निर्माण गर्न गत सोमबार मेयर हर्क राज राईले शिलान्यास गरेका थिए । तिन महिना अघि कार्यपालिका बैठकले साबुन उद्योग स्थापना गर्ने निर्णय गरे पनि वन कार्यालय र वन उपभोक्ता समिती सँग समन्वय गरेर मात्रै अघि बढ्न आग्रह गर्दै आएको थियो । तर मेयर राईले धरान २० स्थित देवी गाउँ क्षेत्रमा साबुन उद्योग संचालन गर्ने भन्दै उद्योग निर्माण गर्न लागेका हुन् । सोमबार जिल्ला वन कार्यालय

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर १ जनाको मृत्यु

    बिराटनगर/उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी २बस्ने ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बार इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमचोक बजारमै फोहोर डम्पिङ

    इलाम/ आमचोक बजारको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वर्षौ देखिको फोहोर बोरामा हालेर पसलको छेउमा थुप्री रहेको थियो । सुगम मानिएकै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिका केन्द्रको फोहोर व्यवस्थापनमा कसैको आँखा नपरेपछि बजारलाई गिज्याइरहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ । गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजारको फोहोर व्यवस्थापन थालिएको हो । बजारका व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि फोहोर फाल्ने ठाउँ नभएपछि थुपारेर राखेका थिए ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 656 पटक पढिएको
    • "भगरीथ भण्डारी"
  • प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण

    बिराटनगर/ नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण  भ्रमण गर्नु भएको छ । आज बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो ।  निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रमदानलाई संस्थागत गर्दै हर्क साम्पाङ

    धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो । सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाह

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 638 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो मंसिर २९ देखि

    धरान/ उद्योग सङ्गठन मोरङको आयोजनामा ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि सातौं संस्करणको विराट एक्स्पो गर्न लागिएको जनाएको छ । विराट एक्स्पो एक औद्योगिक एक्स्पो हो । एक्स्पोमा उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको आदान–प्रदान, उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउने लक्ष्य लि

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धर्मदेवी नगरपालिकाको भवन वषौँ देखि अलपत्र

    संखुवासभा/ संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भीले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भने, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।&rs

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा फुटबलको ग्रासरुट प्रशिक्षण: विश्वकपको माहोलमा बढ्दो उत्साह

    धरान/ धरानलाई खेलकुदको सहर भने पनि हुन्छ । धरानलाई विकास गर्ने दलका मुख्य एजेण्डामा पर्छ, खेलकुद । विश्वका प्राचीन खेलदेखि आधुनिक खेल सबैको अभ्यास गरिन्छ यहाँ । जिम्न्यास्टिक, दौड, बक्सिङ, म्याराथन, आर्चरी, रेसलिङका संस्थागत क्लब छन् । गल्फ, बास्केटबल देशमै पहिलो पटक धरानबाटै सुरुवात भएको इतिहास पाइन्छ । थाइ बक्सिङ, सेफाकटाक्रो लगायतका खेल विकासका लागि संस्थागत क्लब छन् । त्यसो त धरान मिनी ब्राजिल हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन् । जसले नियमित फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्र्मी, जेसिज, व्यापारिक प्रतिष्ठा

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 553 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • ‘आयोजनाको मूल मर्म नै शिक्षाका लागि संगीत’

    विजयपुर/ शिक्षासँगै विद्यार्थीको अन्य प्रतिभालाई समेत प्रस्फुटन माध्यम बनाएको छ प्रदेश १ स्तरीय एसइई सिंगिङ्ग तथा डान्सिङ आइडलले । प्रतियोगिताको स्लोगन नै रहेको छ, ‘शिक्षाका लागि संगीत ।’ ०७५ सालदेखि नियमित आयोजना गर्दै आएको फक्तालुङ मिडिया हाउसले यस बर्ष पनि निरन्तता दिने भएको हो । आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रदेशलाई समेट्ने गरी आयोजना गरिएको यो प्रतियोगिताको अडिसन विगतदेखि नै पहाडी तथा हिमाली क्षेत्रबाट गर्दै आएको छ । यो बर्षको अडिसन चैत्रको दोस्रो साताबाट हुदैछ । पहिलो अडिसन ओखलढुंगाबाट शुरु गरिने आयोजक समितिका संयोजक डम्बरकुमार तुम्बाफोले बताए ।

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको व्यस्त सडक सधै जाम: ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मे हम्मे

    धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved