२३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप : वडा नं ११ र १७ क्वाटर फाइनलमा

  • माघ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

विहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।

बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई, मिलन राई र कृष्ण राईले दुई दुई गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १७ नं. वडाका साहिल राई घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।

शुक्रबारको पहिलो खेलमा दिउसो १ बजे १५ नं. वडा र १२ नं. वडा प्रतिष्पर्धा गर्नेछन् भने दोस्रो खेलमा २० नं. वडा र १९ नं. वडा प्रतिष्पर्धा गर्दैछन् । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।

 

सिदार्थमा वार्षिक उ ...

धरान। सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ...

धरानका शिक्षकहरूको आ ...

धरान/  शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठ ...

नेपालको बलिङ र ब्याट ...

काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ...

काटेर फालिएको अवस्था ...

इनरुवा/ सुनसरीको इनरुवा नगरपालिका–१ मा गाई वा गोर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved