सकारात्मक कार्यक्रम

  • माघ ५, २०७९
  • कोशीपत्र सम्पादक
alt

नेपाललाई अहिले पनि कृषिप्रधान देश भनिन्छ । अहिले पनि यहाँका ६० प्रतिशतभन्दा बढी मानिस कृषिमै आश्रित छन् । त्यसैले कृषि क्षेत्रकै विकासबाट यहाँ नागरिकहरूको जीवनस्तर उकास्न सकिन्छ । कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै हाम्रो देश विकासका प्रमुख आधार हुन् । यीमध्ये कृषिलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । कुनै समय खाद्यान्न निर्यातकर्ता हाम्रो देश अहिले खाद्यान्न निर्यातकर्ता बन्न पुगेको छ । यो विडम्बनाको विषय बन्न पुगेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नु सरकार र सरकारी निकायहरूको प्राथमिकताको विषय बन्नुपर्छ ।  

रुस–युक्रेन युद्धपछि त कृषि उत्पादनमा आत्मनिर्भरताको आवश्यकता अझ बढी टड्कारो बन्न पुगेको छ । अहिले युद्धको परिणामस्वरूप विश्वमै खाद्य सङ्कटको अवस्था देखिन थालेको छ । आगामी दिनमा यो सङ्कट थप गहिरो बन्ने विज्ञहरूले बताउने गरेका छन् । त्यसैले बाँच्नका लागि सबैभन्दा पहिले कृषि उत्पादनमा आत्मनिर्भर हुनु आवश्यक छ । यसका लागि सबैको ध्यान कृषि क्षेत्रको विकासमा केन्द्रित हुनुपर्छ ।        

कृषिमा आधारित उद्यमलाई लक्ष्य गरी प्रदेश १ मा पाँच महिने ‘एक्सिलेरेटर प्रोग्राम’ (गतिवर्धक कार्यक्रम) सुरु भएको छ । यो सकारात्मक विषय हो । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको नेतृत्व र प्रदेश लगानी बोर्डको साझेदारीमा यो कार्यक्रम सुरु भएको हो । यस कार्यक्तमअन्तर्गत कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तारका लागि आवश्यक स्रोत, साधन र व्यवसायी परामर्श प्रदानका गरिने र लगानीयोग्य बन्न मद्दत गरिने समाचार प्रकाशमा आएको छ । १० जनालाई छनोट गरी १२ हप्तासम्म पूँजी, बजार र प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।

यो सकारात्मक पक्ष हो । प्रदेश १ पाँच ‘अ’ का रूपमा चिनिने कृषिजन्य वस्तुहरू अलैंची, अर्थोडक्स चिया, अदुवा, अम्लिसो (कुचो) र अकबरे खुर्सानीको उत्पादनका लागि परिचित छ । यसका साथै यस प्रदेशमा सम्भावना भएका अन्य कृषि उत्पादनमा वृद्धि तथा स्रोतहरूको समुचित उपयोगबाट प्रदेशलाई समृद्ध बनाउने प्रशस्त सम्भावना छ । आधिकांश नागरिक कृषिमा आश्रित भएको देशमा नागरिकहरूको जीवनस्तर उकास्न पनि कृषि उत्पादनमा वृद्धि हुनु आवश्यक छ । यसका माध्यमबाट अन्ततः देशकै समृद्धि सम्भव हुनसक्छ । 

‘एक्सिलेरेटर प्रोग्राम’ को लक्ष्य पनि यही भएको हुँदा यसलाई सकारात्मक रूपमा लिनुपर्छ तर कार्यक्रमको उद्देश्य आकर्षक र सकारात्मक भएर मात्र परिणाम सकारात्मक नहुने निश्चित छ । यसअघिका आकर्षक कार्यक्रमहरूबाट प्राप्त अनुभवले पनि यही भन्छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट मात्र परिणाम सकारात्मक आउन सक्छ । हामीकहाँ भने प्रभावकारी कार्यान्वयनको अभावमा आकर्षक योजनाहरू पनि असफल भएका उदाहरण छन् । अतः कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु वाञ्छनीय हुनेछ । 

 

 

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved