एनप्याव्सन महिला पुरुष बास्केटवल सुरु

  • माघ ५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श , सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत वुधवारदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा पुरुष तर्फ धरान आदर्शले नवदयलाइ, धरान आदर्शले कार्मेल स्कुललाइ ३७–७ , नवज्योति स्कुलले जुनियर पायनोरलाइ ३७–१८ र लोटसले सियोनलाइ २८–१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवदयले भने मेघा कलेजलाइ वाकओभर दिएपछी मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । यसै गरि महिला तर्फ धरान आदर्शले जुनियर पायनोरलाइ २५–४, सियोनले मेघालाइ १५–१३, पर्वतले नवज्योतिलाई १७–१५को अंको अन्तरले पराजित गरेका थिए भने युएन स्कुलले कार्मेल स्कुललाइ वाकओभर दिएका थिए ।

बिहिबार हुने सेमिफाइनलमा पुरुष तर्फ मेघा कलेजले धरान आदर्श र नवज्योतिले लोटस संग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ धरान आदर्शले सियोन र कार्मेलले पर्बत संघ भिड्ने छ । प्रतियोगिताका संयोजक एवं धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा विशेष अतिथी एनप्याब्सनका केन्द्रिय सचीव राजेन्द्र गुरुङ्ग, प्रदेश १ कोषाध्यक्ष प्रभास राजवङ्ग्सी, अल्फाबिटाका म्यानेजिङ डाइरेक्टर सन्जिव राई, सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको प्रतियोगितामा । धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको छ । प्रतियोगिताका विजेता तथा उपबिजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved