इलाममा हवाइ उडान शुरु

  • माघ ५, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम /गत फागुनमा उडान शुरु भएर बन्द भएको इलामको सुकिलुम्बा फाल्गुनन्द विमानस्थलमा माघ १ बाट पुनः हवाइ उडान शुरु भएको छ । नेपाल एयरलाइन्सले साताको एकदिन नियमित उडान गर्दै आए पनि बीचमा बन्द भएको थियो । पुन  माघ १ गतेबाट उडान शुरु भएको हो । नेपाल एयरलाइन्स र इलाम नगरपालिका बीच सातामा एक दिन उडान गर्ने सहमति भएको इलाम नगरपालिकाले जानकारी दिएको छ । नगरपामलिकाका प्रमुख प्रशासकीय अधिकृत गण्ोशकुमार खड्काका अनुसार उडान भएको दिन नगरपालिकाले एयरपोर्टमा नगरप्रहरी र दमकल पठाउने छ ।

एयरपोर्ट सञ्चालनका लागि कार्यलय व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको खड्काको भनाई छ । १९ सिट क्षमता भएको ट्वीनटर जहाजले इलाम–काठमाडौं उडान गर्नेछ भने हवाइ उडान, जहाजको भाडाको दररेट सबै व्यवस्थापन निगमकै हुनेछ ।गत वर्ष फागुनमा इलाम काठमाडौं उडान गर्न इलाम नगरपालिकाले सम्झौता गरेको थियो । हप्तामा दुईपटक काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको थियो । गत वर्ष फाल्गुन ११ गतेबाट उडान सुरु गरेको तारा एयरले जेठ ६ गते सम्म उडान ग¥यो ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्ने र ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नुपर्ने शर्तमा सहमति भएपछि तीन महिना उडान भएर बन्द भएको थियो । इलाम– काठमाडौं उडान पुन शुरु भएसँगै जिल्लाको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने अपेक्षा रहेकोे छ ।२०५८ सालमानै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भएपनि विमानस्थल बनाउने प्रक्रिया थालेको दशवर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालिएको थियो ।निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावन मार्ग कालोपत्रे निर्माणको काम भएको थियो ।

धावन मार्ग कालोपत्रे हुनु अघि पनि परिक्षण उडान गरिएको थियो । २०७५ जेठ २१ मा तारा एयरको ट्वीनेटर जाहाजले परिक्षण उडान गरेको थियो । कालोपत्रेको काम नै नथाली सफल परिक्षण भएको विमानस्थलमा कालोपत्रे भएपछि पनि परिक्षण भएको थियो  काठमाडौंबाट इलामका लागि सामान्यतया ५५ देखि ५८ मिनेट उडान समय लाग्ने गर्छ । यसअघि तारा एयरको जहाजले पनि त्यतिनै समयमा उडान भरेको थियो ।विमानस्थलबाट नियमीत उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ,सिक्कम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ। सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved