वक्तृत्वकला प्रतियोगितामा मेघाकी मुस्कान पहिलो

  • माघ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकाको आयोजनामा बुधबार नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

२५औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित सो प्रतियोगितामा मेघा हिमालयन स्कुलकी छात्रा मुस्कान मगर पहिलो भएकी छन् । त्यसै गरी पब्लिक हाईस्कुलकी कञ्चन खतिवडा दोस्रो र शारदा बालिका स्कुलकी रेजिना विकले तेस्रो स्थान प्राप्त गरे । विजेताहरूले क्रमशः नगद ७ हजार, ५ हजार र ४ हजार रुपैयाँका साथै प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।

‘धरानमा भूकम्पीय जोखिम न्यूनीकरण र व्यवस्थापन’ शीर्षकमा आयोजित प्रतियोगितामा११ जना विद्यार्थी सहभागी थिए । त्यस क्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदा नगरिएको थियो । प्रतियोगिताका निर्णायकहरू डा सुभासचन्द्र न्यौपाने र डा दीपक न्यौपाने थिए ।धरान उमनपाअन्तर्गत शिक्षा शाखा अधिकृत मनोज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा शाखा प्रमुख रमेशकुमार शाह प्रमुख अतिथि थिए भने अर्का शाखा अधिकृत ध्रुव खड्का पनि उपस्थित थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved