धरानमा साथीद्वारा साथीको हत्या : लागूऔषध मुख्य कारण

  • माघ ६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/पछिल्लो समय लागू औषध सबैको समस्याको विषय बनेको छ । धरान उपमहानगरपालिका पनि यस विषयमा अछुतो छैन । लागू औषध सेवनकै कारण आफ्ना आफन्त तथा साथीभाइको हत्या समेत हुने गरेको छ । विहीबार धरान ५ आँपटारमा आफ्नै सार्थीले साथीको खुकुरी प्रहारबाट भएको मृत्युले पनि यो कुरालाई प्रष्ट पारेको छ ।

सँगै खाने, सँगै सुत्ने, विरामी हुदा एक अर्काको हेरचाह गर्ने तथा उपचारकै लागि अस्पतालसम्म पु¥याइदिने गरेका दुई अत्यन्तै घनिष्ट मित्रमध्ये एक जनाको विहान ६ः३० बजे हत्या भयो । हत्या गर्ने कोही थिएन, हत्या गर्ने त्यही घनिष्ट मित्र नै थियो । यी दुई घनिष्टमित्र मध्ये धरान ५ आपटारका कुमार बुढाथोकीको मृत्यु भएको हो । उनलाई उनको हत्या गर्ने अत्यन्तै घनिष्ट मित्र तथा नजिकका छिमेकी विके भनिने हर्कबहादुर राई हुन् । उनले आफ्नै साथीलाई लागू औषधकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । विहान अन्दाजी ०७;३० बज राईले आफ्नै घरको भान्सा कोठामा हत्या गरेका हुन् । हत्या गर्नुअघि बुढाथोकीले पनि प्रतिकार गरेको देखिएको छ । प्रतिकार गरेकै कारण हत्यारा राई समेत घाइते भएका छन् । सामान्य घाइते रहेका उनकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

हत्या गरेको देख्ने वित्तिकै डराएर भाग्ने क्रममा राईले गाउँकै एक महिलामाथि समेत खुकुरी प्रहार गरेको स्थानीयहरुले बताएका छन् । भाग्ने क्रममा लड्दा गोमा खड्कालाई खुकुरी प्रहार गर्दा ढाड र टाउकोमा चोट लागेपछि अहिले धरान १० मा रहेको विजयपुर अस्पतालमा उपचारको लागि लगिएको थियो ।

धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले यो भन्दा अगाडि यो वडा अशान्त नरहेको बताएका छन् । उनले केही लागू औषध प्रयोगकर्तालाई सुधारको प्रयास गरेको बताउदै अहिलेको यो घट्नाले गाउँ नै अशान्त बनाएको बताऐ । यो घट्ना लागू औषधकै विषयमो विवाद हुँदा भएको गाउँलेबाट सुनेको बताउदै लागू औषध नियन्त्रणभन्दा बाहिर गएको र नियन्त्रण गर्न अत्यन्तै कठिन भएको बताए । उनले भने–‘गाउँमा लागू औषध प्रयोगकर्तालाई सुधार्न धेरै प्रयास गरिएको छ, केहीलाई सुधार केन्द्रसम्म पु¥याउने, लागू औषध प्रयोगबाट मानसिक सन्तुलन गुमाएकाहरुलाई उपचारसम्म गराउने काम व्यक्तिगत प्रयासमा गरेको छु, हाम्रो गाउँ शान्त थियो, यो घट्नाले पुन ः गाउँलेबासीलाई त्रसित बनाएको छ ।’

उनले यस्ता घट्ना बढ्नुमा अभिभावकको समेत ठूलो गल्ति हुने गरेको बताए । अभिभावकले आफ्ना परिवार गलत बाटोम हिडिरहँदा समेत कसैलाई जानकारी नगराउने गरेको बताउदै घट्ना घटिसकेपछि मात्र थाहा हुन्े गरेको बताए । उनले भने–‘अभिभावक यस्ता विषयमा सचेत हुनुपर्छ, अभिभावकले बेलैमा सचेत गराउन सके यस्ता घट्ना न्यूनिकरणक हुन्छ ।’

स्थानीयहरुले पनि धरान ५ आपटारमा भएको घट्ना लागू औषधकै कारण भएको बताएका छन् । संगै खाने, संगै सुत्ने, समस्या पर्दा सहयोग गर्ने, विरामी हुदा उपचार गराउने अत्यन्तै घनिष्ट साथी भएको बताउदै हत्याको कारण लागू औषध नै भएको स्थानीय धनराज राई बताउँछन् । उनी भन्छन्–‘मैले थाहा पाएदेखि नै यी दुई अत्यन्तै घनिष्ट मित्र हुन्, सँगै खाने, सँगै सुत्नेमात्र हैन, विरामी पर्दा अस्पतालसम्म पु¥याउने गरेका छन्, तर अचानक यो घट्ना घट्दा मलाई पनि अचम्म लागेको छ ।’

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले घट्नाको विषयमा विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । उनले भने–‘घट्नाको विस्तृत कुरा अनुसन्धानबाट थाहा हुन्छ, प्रारम्भिक अनुसन्धानबाट हामीले हत्याको कारण लागू औषध नै भएको पाएका छौ ।’ मृतक बुढाथोकीलाई इलाका प्रहरी कार्यालय धरानले घट्ना स्थलको मुचुल्का उठाई शव वाहनमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved