दृष्टिकोण (कविता)

  • माघ ६, २०७९
  • "– सविता पुरी (बिबिएस प्रथम) धरान मोडल कलेज धरान–१, सुनसरी"
alt

समाज म त भरखर जन्मिएको बालक
मलाई के थाहा तिमीले दिएको उपनाम बालिका र बालक
मैले आफ्नो विशेषता आफैँ बताउन पाएको छैन समाज
तिमीले त घर गरिखाने र त अर्काको घर जाने भनी दबाईसक्यौ समाज ।

समाज परिवर्तनको कुरा गर्छौ रे तिमी
अनि छोरी जन्मदा नाक खुम्च्याउने रे पनि तिमी
बलवान र कमजोरीको उपनाम दिने रे पनि तिमी
अझै शिक्षित भएतापनि अशिक्षित जस्तो व्यवहार गर्ने तिमी ।।

तिम्रै कारण म जस्ता कयौँ शक्ति कमजोरीमा परिणत भए
कत्ति कत्ति त हिंसामा परी असह्य भई मृतक बने
उदाहरण निर्मला पन्तको अझै चुपचाप तिमी
अब त बाटो हिंसाको अन्त्य गरिदेउन तिमी ।।

सही असह्य भयो भनी रुदै छिन् उनी
समानताको बाटो खोलिदेउ भनी खसाल्दै छिन् आँशु उनी
मेरा सुन्दर गुणमा दोष दिई गलत नतुल्याउन भनी बिन्ति गर्दैछिन् उनी
मेरा क्षमतामाथि किन प्रश्न नगर बिन्ति गर्दैछिन् उनी ।।

जुन विभेदको आगो सल्कायौ तिमीले
त्यसैमा कयौँ महिलालाई खरानी हुन्जेल जलायौ तिमीले
दाइजोको नाममा मटितेल पनि खनायौ तिमीले
केबल मानवताको निम्ति समानता कायम गर्न सक्दैनौ तिमीले ।।

समाज तिमीले मलाई हेर्ने दृष्टिकोण बदल्छ्यौ कि भनी
पर्खिबसेकी छिन् उनी
बा अगाडि बढ्न, समान अवसर पाउँछु कि भनी
पर्खिबसेकी छिन् उनी

उनी को हुन् भन्ने लाग्छ भनी
उनी त हर स्त्री भित्रकी अन्तरआत्मा हुन् नि
जो अगाडि बढ्न हरदम प्रयास त गर्छ
बिडम्बना समाज तिम्रै दृष्टिकोणले पछि पर्ने गर्छ ।।

रुदै छिन् उनी डाको छाडेर
बिन्ति गर्दै छिन् उनी दृष्टिकोण परिवर्तन गर भनेर
देशको विकास गर्न पूर्व समानताको सोचको विकास गर भनेर
चुनौती दिदै छिन् उनी दृष्टिकोण परिवर्तन तिमी गर
विकास म गर्छु भनेर ।।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved