Top 4

    Showing 5,671-5,680 of 9,514 items.
  • गर्भ तुहाएको आरोपमा स्वास्थ्य शाखा प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

    मोरङ । गर्भवती महिलालाई कुटपिट गरी गर्भ तुहाएको आरोपमा मोरङको ग्रामथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार झासहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । कुटपिटबाट २९ वर्षीया बुहारीकाृ ६ हप्ताको गर्भ खेर गएको भन्दै कुटपिटको आरोपमा झासहित उनका पाँच परिवारका सदस्यलाई मोरङ प्रहरीले मुद्दा दायर गरेको हो । कुटपिट गरी गर्भ तुहाएको विषयमा बुहारीले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले ससूरा ग्रामथान गाउँपालिका–२ घर भई विराटनगर महानगरपालिका–३ फुटबलचोक बस्ने ५४ वर्षीय झा, देवर २५ वर्षीय अभिषेक, सासु ५० वर्षीया अन्जुदेवी, नन्द २८ वर्षीया अश्मिता झा र मामा ससुरा सप्तरीको हनुमाननगर

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिबलाई चिसोबाट जोगाऊ (सम्पादकीय)

    हामी मङ्सिर महिनाको अन्तिम सातामा छौँ । वातावरणमा तापक्रम घट्दै गएको छ र देशभरिको मौसम चिसिँदै गएको छ । मौसमविद्हरूले पनि अब देशभर चिसो बढ्दै जाने बताएका छन् । तापक्रम घट्दै जाँदा चिसो क्रमशः बढ्दै जानेछ । यो स्वाभाविक प्रक्रिया हो । हिउँद याममै चिसोको समय हो । यस याममा चिसो बढ्दै जानु अस्वाभाविक होइन । केही दिनयता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ । हरेक वर्ष हिउँद याममा यसै गरी चिसो बढ्दै जान्छ । समयको यो चक्रलाई हामीले स्वाभाविक रूपमा लिनैपर्छ तर यति भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । हाम्रो देशमा हरेक वर्ष यसै बेला अत्यधिक चिसोका कारण केही सवृसाधारणले ज्यान गुमाउने गरेका छन् । त्यसक

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षक र विद्यार्थी सम्मानित

    मोरङ / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १३ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र १५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो । एसइइको परीक्षामा ४ जिपिए ल्याउने उर्लाबारीस्थित पशुपति माविमा अध्ययरत छात्र आर्दस भट्टराई र छात्रातर्फ सोही विद्यालयका ३.९५ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने छात्रतर्फ विराटनगरस्थित बिकेभिए स्कुलका आयम कट्टेल, आदित्य बर्मा, सुजन निरौला र छात्रातर्फ

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आगलागीबाट २ करोड ५० लाख क्षति

    धरान / धरान १८ बुद्धचौकमाको होटल र औषधि पसलमा आगलागनी हुँदा २ करोड भन्दा बढीको क्षति भएको अनुगमान गरिएको छ । धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा एक घरमा शुक्रबार राति आगलागी भएको थियो ।   आगलानीबाट क होटल र तीन औषधि पसल पूर्ण जलेर नष्ट भएको थियो । आगलागीबाट आगलागीबाट २ करोड ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । आगलागीबाट मिनु बान्तवाको मिनु बान्तवा होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ, अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औ

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थापालाई सृजनशील पत्रकारिता पुरस्कार

    विजयपुर / अग्रज पत्रकार गिरिराज आचार्यको नामबाट प्रत्येक बर्ष दिँदै आएको गिरिराज आचार्य सिर्जनाशील पत्रकारिता पुरस्कारबाट यस बर्ष फोटो पत्रकार लक्ष्मण थापा पुरस्कृत एवम् सम्मानित भएका छन् ।उनलाई शनिवार आयोजित एक कार्यक्रमकाबीच सो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई नगद २० हजारसहित सम्मानपत्रले सम्मानित गरिएको हो । नेपाली काँग्रेस धरान नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार थापालाई नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले नगद २० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए लामो समयदेखि फोटो पत्रकारिता गरेका थापाले २०५७ सालदेखि नै फोटो पत्रकारिता शुरुवात गरेका थि

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 730 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • अलैचीको मूल्यमा गिरावट:कृषकको मेहनत बालुवामा पानी

    धनकुटा / अचैलीलाई कालो सुनको रुपमा लिने गरिएको छ । अलैची खेतिबाट धनकुटाका अधिकांश कृषकको जीवनस्तर उक्सेको छ । तर केही बर्ष यतादेखि अलैचीको मूल्यम ागिरावट आएपछि भने कृषकहरुले उत्पादन गरेको अलैची सस्तो मूल्यमा विक्री गर्न बाध्य छन् । मूल्य गिरावट आएसँगै कृषक मारमा परेका छन् भने सँगसँगै व्यापारी समेत सोचेजति मुनाफा गर्न नसक्दा चिन्तित बनेका छन् । धनकुटामा करिब २ सय ४० हेक्टर क्षेत्रफलमा अलैची खेति गर्ने गरिएको छ । धनकुटाको अधिकांश ग्रमीण भेगमा अलैची खेति कृषकको राम्रो आम्दानीको स्रोत बनेको छ । त्यसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवाका कृषकहरुले पनि राम्रो आम्दानीको स्रोत अलै

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हरेक वर्ष अभियान : रोकिँदैन महिला हिंसाका घटना

    इलाम /  गत असोज ३ गते १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका – १० का २९ एक वर्षीय युवा पक्राउ परे । प्रक्राऊ परेका ती युवालाई प्रहरीले जिल्ला अदालतमा असोज ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । वैसाख १५ गते १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चुलाचुली गाउँपालिका – २ का २७ वर्षीय एक युवा पक्राउ परे । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा २०७९ कार्तिक २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहालको कार्तिक २० गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा ग

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 783 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगाको जयन्ती मनाइयो

    धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो । विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए । जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 1,432 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षादीप स्पोर्टस् मिट सुरू

    मोरङ / विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू गरिएको हो । हप्तादिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका कोर्डिनेटरद्धोय शंकर भट्टराई, बसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थीति रहेको थियो । शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस् मिट गर्दै आएको छ ।एक हप्तासम्म सञ्चालन हुने स्पोर्टस मिटमा आधा र्जन बढी खेलहरू समावेश गरिएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरू

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमविपरीत निर्माण गरेका संरचना आफैं धमाधम भत्काउँदै

    मोरङ / विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved