मोरङ / बैंकले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलित हुँदै आएका उद्योगी तथा व्यापारीहरुले विहीबार (आज) बाट पुनः आन्दोलन गर्ने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर स्थागित गरिएको आन्दोलन बिहीबारबाट ज ारी राख्ने परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले बताए । बुधबार बिराटनगरमा पत्रकार सम्मेलने गर्दै उद्योगी व्यवसायीहरुले ब्याजदर नघटाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अध्यक्ष घिमिरेले भने–‘ ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणाग गरेका हौं सरकारले हाम्रो मागलाई वेवास्ता गरेकोले बिहीबारदेखि ब्याजदर नघटुन्जेल बन्द हड्तालमै उत्रिन्दछौंै ।
धरान / पहाडी तथा हिमाली जिल्लाहरु तराईसँग सडक सञ्जाल जोडिएको लामो समय बिते पनि पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान तराई झर्नैै पर्ने बाध्यता थियो तर पछिल्लो समय सडक विस्तार भएसँगै त्यो अन्त्य भएको छ । धनकुटामा करिब २०३८ सालदेखि नै सवारी साधन सञ्चालनमा आएका हुन् । धनकुटासँगै सीमाना जोडिएको पाँचथर जिल्लामा पनि करिब २०४२ सालदेखि यातायातको साधन सञ्चालनमा आएको बताइएको छ । बेलैदेखि यी जिल्लामा सवारी साधन तथा एक अपासमा सीमाना जोडिएको भए पनि धनकुटा सदरमुकामबाट पाँचथर सदरमुकाम जान तराईका सुनसरी, मोरङ र झापा र इलाम हुँदै करिब ३ किलोमिटर पार गरेर मात्र पुग्न सकिन्थ्यो । तर केही बर्ष यता पनि त्यो ब
झापा / नेपालीमा एउटा उखान छ, अर्काको काम कहिले जाला घाम । दमक ट्राफिक प्रहरी कार्यालयको भवनसँग ठ्याक्कै मिल्न गएको छ । एक बर्ष भित्रमा सम्पन्न गर्ने गरी २०७६ वैैशाखमै २३ गते १ नं. प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको थियो ।तर शिलान्यास भएकै तीन बर्ष बितिसक्दा भवनको काम बल्लतल्ल ६० प्रतिशतमात्रै पूरा भएको छ । झापाको दमक ५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण शुरु भएको भवनको लामो समयदेखि निर्माणको काम रोकिएको छ । बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिएको दमक ट्राफिक भवन निर्माण समितिका सचि
विराटनगर / विगतदेखि नै नेपालको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तस्करहरु सक्रिय बन्दै आएका छन् । तर पछिल्लो समय नेपालमा आँखाको लेन्स तस्करी भएर आउने गरेको पाइएको छ । नेपालमा उत्पादन भएको आँखाको लेन्स भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात हुने भारतबाट तस्करी भएर लेन्स आयात गरेको अवस्थामा पक्राउ गरेसँगै सार्वजनिक भएको हो । भारतबाट तस्करी भएर आयात भएको आँखाको लेन्स प्रहरीले आइतबार विराटनगर १६ बाट बरामद गरेको छ । नेपालमा सस्तो, भरपर्दो र विश्वसनीय उपचार हुने भएकोले मुख्य गरी भारत र छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा विरामीहरु आउने गरेका छन् । प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको आँखामा लगाइने
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा नेपालकै उत्कृष्ट सेवा दिने संस्था बनेको छ ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघिय सरकारी अस्पताल तथा देशका स्वाथ्य विज्ञान प्रतिष्ठानहरुको राष्ट्रिय बार्षिक समीक्षा बैठकको प्रतिवेदनबाट वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट सावित भएको हो । समीक्षा बैठकमा पेश गरिएका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज
सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर दिनदिनै बिग्रँदै गएको छ । केही अपवादलाई छाड्ने हो भने अधिकांश सामुदायिक विद्यालयको खराब प्रदर्शन चिन्ताजनक छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी उचित प्रतिफल दिन असफल भएको छ । यस्तै अवस्थालाई ध्यान दिएर अहिले विद्यालय तहलाई नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । त्यसैले विद्यालय तहको शैक्षिक स्तरमा सुधार ल्याउने जिम्मेवारी अब स्थानीय तहमा आएको छ । नयाँ संविधानले व्यवस्था गरेको सङ्घीय संरचनाअन्तर्गत तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूसँग बजेट परिचालन गर्ने अधिकार छ । अहिले स्थानीय तह पहिलेभन्दा शक्तिशाली र अधिकार सम्पन्न भएको छ तर सामुदा
हरेक वर्ष सयौँ नेपालीले विदेशी भूमिमा ज्यान गुमाउने गरेका छन् । पछिल्ला तीन वर्षमा मात्र ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा उल्लेख भएअनुसार सन् २०१९÷०२० देखि २०२१÷०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाले ज्यान गुमाएका छन् । सन् २००८÷०९ देखि २०२१÷०२२ सम्ममा भने १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूको मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक, प्राकृतिक कारण, सवारी दुर्घटना, आत्महत्या, कोरोनागायतका छन् । कतिपयले भने कार्यक्षेत्रमै ज्यान
धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीतर्फ किसान आकर्षित भएको समाचार त्यहाँबाट आएको छ । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्पm किसानको आकर्षण बढेको समाचारमा उल्लेख छ । यो धनकुटाको चित्र मात्र होइन । अहिले धेरै स्थानमा किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका देखिन्छन् । टनेल खेती गर्दा लगाइएको तरकारी सुरक्षित हुने र उत्पादन पनि राम्रो भएर प्रशस्त आम्दानी हुने भएपछि उनीहरू टनेल खेतीतर्पm आकर्षित बनेका हुन् । टनेल खेती गर्दा बेमौसमी तरकारी उत्पादन गर्न पनि सकिन्छ । यसरी किसानहरू आधुनिक प्रविधितर्फ आकर्षित हुनु सकारात्मक पक्ष हो । कृषि क्षेत्रमा आधुनिकीकरण र व
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अहिले विवादमा तानिएका छन् । उनले नेपालको संविधान, प्रचलित कानुन तथा समाजको मर्यादाविपरीत विभिन्न गतिविधि गरेको भन्दै उनको विरोध भइरहेको छ । यसै क्रममा उनले धरान खानेपानी बोर्डको हिसाबसम्बन्धी सूचना कसैलाई नदिन भनी निर्देशन दिएको भन्ने विषय पनि सार्वजनिक भएको छ । उनको यो निर्देशन देशको संविधान र प्रचलित कतिपय कानुनविपरीत छ । आफू मेयर पदमा निर्वाचित हुनुअगि उनले धरान खानेपानी बोर्डमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै बोर्डको आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्ने गरेका थिए । स्थानीय तहको निर्वाचनकै क्रममा पनि उनले यस विषयलाई प्रमुखताका साथ उठाएका थि
विजयपुर / स्थानीय चिकित्सकलाई कार्यक्षेत्रमा रोक लगाएपछि विवादित छविकी प्राडा सङ्गीता भण्डारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप विवादमा तानिएकी छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहेकी प्राडा भण्डारी चार महिना अघि बिपी प्रतिष्ठान आएकी हुन् । विवादमा आइरहने प्राडा भण्डारीले अनधिकृत रुपमा चिकित्सकमाथि हस्तक्षेप गरेको आरोप लागेको छ । धरानका स्थानीय चिकित्सकलाई डिपार्टमेन्टबाटै हटाउने षडयन्त्रमा लागेकी इएनटी डिपार्टमेन्टकी प्रोफेसर डा. भण्डारीविरुद्ध कारबाहीको माग गर्दै स्थानीय नागरिक समाजले प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौलालाई ध्या