Top 4

    Showing ५,४६१-५,४७० of ९,८२२ items.
  • समय घर्के पछि हिँउ पय्रो

    धरान /हिउ पर्ने सिजन वित्न लाग्दा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल तीनजुरेमा हिउ परेको छ । आइतबार साँझ यस क्षेत्रमा हिउँ परेसँगै सोमबार विहानैदेखि आन्तरिक पर्यटकहरु आएर हिउँ खेल्नेको संख्या ह्वात्तै बढेको छ । खासगरि गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा पर्यटकको मुख्य रोजाईमा पर्र्दै आएको तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा यस बर्ष भने फागुनको दोस्रा्े सातामात्रै हिउँ पर्दा पनि पर्यटकहरु हिउँसँगै रमणीय दृश्यमा रमाएका छन् । विराटनगरकाबाट तीनजुरे क्षेत्रमा पुगेका कुमार वास्तोलाले पहिला नै आउने रहर हुँदा हुँदै पनि हिउँ नपरेकोले आउन नसकेको बताए । उनले भने–‘पहिला

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ९७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेटिङमै छिर्छ इलाम कारागारमा मदिरा कैदी मदिरा र तासमा मस्त

    इलाम /  नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारलाई सुधार गृहको रुपमा हेर्ने गरिन्थ्यो । कारागारहरूमा क्षमता भन्दा बढी कैदी राख्ने देखि खानेपानी, शौचालय, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतामा देशभरका जेलहरूको अवस्था नाजुक रहेको गुनासो आइरहँदा इलाम कारागारका कैदीहरू भने इलाम कारागारलाई सुधार गृहको रुपमा रहेको बताउने गर्दथे । थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदीबिन्दीलाई कारागारमा राखिन्छ । कारागार भित्र कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन,

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १,०९३ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

    मोरङ / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८९९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र पोखरिया विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गर

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान

    मोरङ /  प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन् । उनीहरुले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएपनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब्त्र हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका हुन् । प्रदेश १ मा मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधि

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ७१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एक्स्पोमा रोटेपिङ सञ्चालनमा

    धरान /  धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा ल्याएका छौँ ।’

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १,०१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोबास कलेजमा रक्तदान

    मोरङ /  विराटनगर–१० मा रहेको कोबास कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार कलेज परिसरमा लायन्स क्लव अफ विराटनगर मिल्स एरिया र लियो क्लव अफ विराटनगर मिल्स एरियाको सहयोगमा रक्तदान आयोजना गरिुएको हो । कार्यक्रममा ३० जना विद्यार्थीले रक्तदान गरेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । विद्यार्थीलाई सामाजिक कार्यमा उत्तरदायित्व बनाउने उदेश्यले विभिन्न लाइन्स क्लबसँग सहकार्यमा रक्तदानको आयोजना गरिएको प्रिन्सिपल पोखरेल बताए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ८३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

     धरान /  बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो । पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिल

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ९१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्सिङ पेसाप्रति गम्भीर बन

    कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ पेसालाई महत्वपूर्ण मानिन्छ । बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरूको अभावमा स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रदाान गर्न सक्दैन । यति महत्वपूर्ण र अपरिहार्य भईकन पनि नर्सिङ पेसालाई उचित सम्मान प्रदान गर्न नसक्दा नर्सिङ पेसाप्रति नै विकर्षण सिर्जना भइरहेको छ । नर्सिङ पेसालाई गरिने भेदभाव र उपेक्षाका कारण यस पेसाप्रति आकर्षण घटेको हो । स्वदेशमै बसेर काम गर्न चाहनेहरू पनि निराश हुन थालेका छन् भने विदेशतिर आकर्षित हुनेको सङ्ख्या बढिरहेको छ । १०–१५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरे तापनि नर्सहरूले मासिक सातआठ हजार रुपैया

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • ६७८ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • नाम चिया तथा कफी विकास बोर्ड कर्मचारी अभावमा कृषकको काम गर्न सकेन

    धनकुटा /  धनकुटामा भएको चिया तथा कफी विकास बोर्ड कार्यालय । यो कार्यालय पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भएको हो । तर यो कार्यालयले जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो गर्न सकेको छैन । यसको प्रमुख कारण हो, कर्मचारी अभाव । कर्मचारी नभएकै कारण यो कार्यालय अधिकांश बन्द अवस्थामा रहेको छ । सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्राय जसो बन्द नै रहने गरेको पाइएको छ ।या कार्यालय हिलेको धनकुटामा रहेको छ । चिया तथा कफीको विकास तथा विस्तारको योजना अगाडि लिएर हिलेमा खोलिएको कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले लेखा प्रमुखबाहेक अन्य कुनै कर्मचारी छ

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • ८३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved