Top 4

    Showing ५,३९१-५,४०० of ९,८२२ items.
  • पिण्डेश्वरमा सहमतीय आधारमा स्ववियुको टुंगो : अनेरास्ववियुका एनिस सभापति

    धरान ः नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक विद्यापीठ पिण्डेश्वर विद्यापीठ, धरान १४ मा सहमतीय आधारमा स्ववियु पदाधिकारीको टुंगो लागेको छ । स्ववियू निर्वाचन समितिले आइतबार निकालेको उमेद्वारको अन्तिम नामावलीका आधारमा पदाधिकारीहरुको टुंगो लागेको बुझिएको छ । जसमा अनेरास्ववियुका एनिस रेग्मी सभापति भएका छन् । सहमतीका आधारमा अनेरास्ववियुबाट सभापति सहित ५ सदस्य रहेका छन् । सदस्यहरुमा पुरुषोत्तम दाहाल, प्रदीप नेपाल, विपिन गौतम, सुधाकर पोख्रेल र सुवास चापागाईँ रहेका छन् । त्यसै गरी अनेरास्ववियु (क्रान्तिकारी)को भागमा सचिव र एक सदस्य परेको छ । सचिवमा गुणराज निरौला रहेका छन् भने सदस्यमा मनिष भट्

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १,२६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विषादीयुक्त खाद्य पदार्थ आयातमा रोक आवश्यक

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । यो निकै महत्वपूर्ण निर्णय हो । अहिले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा मापदण्डभन्दा बढी हुने गरेको कतिपय विशेषज्ञहरूले बताउने गरेका छन् । यसरी मापदण्डभन्दा बढी मात्रामा जीवनाशक विषादी प्रयोग गरिएका तरकारी र फलफूल मानव स्वास्थ्यका लागि प्रतिकूल हुने स्पष्ट छ । त्यसकारण यस्ता खाद्यपदार्थको बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । यसका लागि सर्वप्रथमतः खाद्य वस्तुमा जीवनाशक विषादीको अधिकतम अवशेष निर्धारण हु

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ९१७ पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • पहिचानवादी शक्ति आन्दोलित आजको बन्द ठप्प

      धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् । बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका छन् भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका छन् । अहिलेसम्म बन्दमा कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका छन् । विगतमा पहिचानवादीहरु एक

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ८८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिल्स गोल्डकप धु्रवतारा क्लब झापा सेमिफाइनलमा

    मोरङ /  तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गो

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ७५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस सेन्टर सुनसरीको साधारणसभा सम्पन्न

    सुनसरी / प्रेस सेन्टर सुनसरीको प्रथम साधारणसभा इटहरिमा सम्पन्न भएको छ ।शनिबार भएको पहिलो साधारणसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै बरालले पहिचान पक्षधरहरुको सङ्ख्या कम भएकोले प्रदेश नं. १ को नाम कोशी प्रदेश भएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्यान्ङ्बो मुकेश, प्रेस सेन्टर केन्द्रीय उपाध्यक्ष बिवेक गौतम लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस सेन्टरमा प्रवेश गर्ने प्रकाश बन्जरालाई कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले स्वागत गरेका थिए । प्र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ७७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्गम ठाउँको सुगम सत्कार

    इलाम / इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका जिल्लाकै विकट मानिन्छ । अहिले सम्म कालोपत्रे नपुगेको र हिउँदमा यातायात सहज भए पनि वर्षाको समयमा यहाँ पुग्न निकै मुस्किल पर्छ । गाउँमा न कुनै व्यवस्थित होटेल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम यो गाउँमा बिरामी भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्छ । बर्षाभर हिलो र हिउँदमा धुलोको पिरमा रुमलिएको फाकफोकथुम पर्यटकीय हिसाबले पनि निकै पछाडि छ । पर्यटनको हिसाबले चिनिएको जिल्ला भए पनि यहाँ पर्यटकीय क्षेत्र कम छन । विकट भएकै कारण यस ठाउँमा मानिसको आउन जाउन कम बन्ने गर्दछ ।

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ९०१ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पहिचानवादीहरु एक ठाउँमा लिम्बुवान, खम्बुवान, किराँत प्रदेशको माग

    विजयपुर / कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले शनिबार धरानमा राके जुलुस प्रदर्शन गरेका छन् ।१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका हुन् । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका हुन् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो । निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश नामकरण षड्यन्त्रपूर्वक भएको र प्रदेश न. १ को नामकरणमा पुनर्विचार गर्नुपर्ने माग राखेका

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ९४७ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • मेयर कोइरालादुारा नगर बस सञ्चालनको परीक्षण

    मोरङ / विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ। महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार रुट परीक्षण गरेका हुन् । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको हो । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने मेयर कोइरालाले जानकारी दिए । बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । पूर्ण रुपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरुमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ८३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडाटारमा सिसाको ’स्काई वाक’ बन्दै

    धरान / भेडेटारमा सिसाको ’स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २ सय जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ’थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् । भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ९२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नौमति बाजाको संरक्षणमा जुटे महिलाहरु

    धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पु¥याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ८०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved