धरान /धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक चाप बढेकोले बिरामीको उपचारका असहजता भएको भन्दै एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ । प्रतिष्ठानले सूचना जारी गरेर एक जना बिरामी बराबर एक जना कुरुवाको नियम लागू गरेको हो । सूचनामा प्रतिष्ठानमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारमा आउने आकस्मिक कक्षमा कुरुवाहरुको चापले अस्पताल आकस्मिक कक्ष अस्तव्यस्त हुँदा उपचारमा कठिनाई भएको भन्दै उपचारमा सहजता ल्याउन माघ १५ गतेदेखि लागू गरेको सूचनामा जनाएको छ । अस्पताल निर्देशक डा. जगत नारायणद्वारा हस्ताक्षरित सूचनामा प्रतिष्ठानको इमरजेन्सीमा विरा
देश र नागरिकको अधिकारका निम्ति आफ्नो जीवनको आहुति दिनेहरूलाई सहिदका रूपमा सम्मान गर्ने गरिन्छ । हाम्रो देशमा पनि नागरिक स्वतन्त्रता र अधिकारका लागि थुप्रै वीर–वीराङ्गनाहरूले प्राणोत्सर्ग गरेका छन् । उनीहरूको सम्मानमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । यसै परम्परामा आज पनि सहिद दिवस हो । विभिन्न कार्यक्रमका साथ आज देशभरि नै सहिद दिवस मनाउने तयारी गरिँदैछ । लखन थापालाई देशको पहिलो सहिद मानिए पनि जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा भने
धनकुटा / आफ्नो टोल आफै बनाउ भन्ने अभिप्रायले धनकुटा नगरपालिका १, हिलेमा स्थानीयहरु टोलको विकासका लागि एक जुट भएका छन् । उनीहरुले आफ्नो टोलको शिक्षा, स्वास्थ्य, साँस्कृतिक लगायतका कुरामा विकास गर्न एक जुट हुँदै ‘हाट खोला समावेशी टोल बस्ती संगठन’ निर्माण गरेका छन् । उनीहरुले आफ्नो बस्तीमा रहेका सर्वसाधारणलाई रोजगारको व्यवस्था गर्दै शिक्षा, स्वास्थ्य लगायतका कुरालाई प्राथमिकतामा लिएर अगाडि बढ्ने उद्देश्यले संगठन निर्माण गरिएको बताएका छन् । सो संगठनमा ५१ घर परिवार समेटिएको छ । हाललाई उनीहरुले संगठनको तदर्थ समिति गठन गरेका छन् । उनीहरुले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दर
धरान / धनकुटामा माघ पहिलो सातादेखि सुरु भएको प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको नवौँ दिनमा कन्सर्ट हेर्न जाने क्रममा ठूलो दुर्घटना भएको छ ।कन्सर्ट हेर्न गएकाहरुबीच ठेलमठेल हुदा एकले अर्कोलाई थिच्ने क्रममा ४० जना भन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये सामान्य घाइते भएकाहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरेर डिस्चार्ज भएर घर फर्किएका छन् भने गम्भीर प्रकृतिका १९ जना घाइतेलाई भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । घाइतेमध्ये ८ जना बालबालिका रहेका छन् । ६ जना बालबालिकाको बीपीमै उपचार भइरहेको छ भने दुईजनाको अवस्था
धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो
विराटनगर / नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर) , समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपु
मोरङ / वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् । कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए । पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए । कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एव
विराटनगर / विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर
काठमाडौं \ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी गरेका छन्। लामिछाने निवर्तमान उपप्रधान तथा गृहमन्त्री थिए। उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसहित ७ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा अहिलेको सरकार छ। सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रियामा लामिछाने गएका थिएनन्, त
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३ / ३० बजे बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए। आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो। यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बना