धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए । उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँ
माघ सकिन लाग्दासमेत हिमपात नहुँदा पूर्वी हिमाली क्षेत्रमा जनजीवनमा नकारात्मक असर पर्न थालेको समाचार प्रकाशित भएको छ । अघिल्ला वर्षहरूमा ताप्लेजुङ, सङ्खुवासभावजस्ता हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो साता नै हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरू सेताम्य हुन्थे तर अहिले हिमपात नहुँदा कञ्चनजङ्घा हिमशिखर कालो चट्टानजस्तै देखिएको छ । यसको असर बहुआयामिक हुने निश्चित छ । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा भएको हिउँ पनि पग्लेपछि हिमताल सुकेर पानीको हाहाकार हुने सम्भावनाले स्थानीय चिन्तित छन् । सुक्खा मौसम भएपछि घाँसपात पनि उम्रिदैन । उच्च हिमाली क्षेत्रमा अन्न उत्पादन नहुने भएकाल
मोरङ / नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश समितिले एउटै निजामती सेवा ऐन र नियमावली अन्तर्गत नियुक्ति भएका फरेष्टरहरुले बढुवा, स्तरवृद्धि तथा अन्य थप सेवा सुविधा नपाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छन् । प्रदेश १ का अध्यक्ष रुद्रप्रसाद सुवेदीसहितको टोलीले प्रदेश १ को वन तथा वातावरण मन्त्रालयका मन्त्री जीवन आचार्य मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ज्ञापन पत्र बुझाएका हुन । संगठनले नेपाल सरकारबाट समायोजन ऐन, २०७५ बमोजिम कर्मचारीहरुको समायोजन गर्दा नेपाल वन सेवा, जनरल फरेष्टी समूह, रा.प.अनं. द्वितीय श्रेणीको
भोजपुर /भोजपुर भ्रमणमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अरुण नदीले दिने उपलब्धी भोजपुरबासीका लागि नै भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई भेट्ने क्रममा यस्तो बताएकी हुन् । बुधवार गृह जिल्ला भोजपुरको दिङ्लामा पुगेकी राष्ट्रपति भण्डारीले भोजपुर र संखुवासभाको सीमामा बग्ने नदी अरुण नदीबाट हुने विकास निर्माणको फाइदा भोजबासीले प्राप्त गर्ने बताएकी हुन् । भोजपुरको वालागुरु षडानन्दको सालिक अनावरणमा सरिक हुँदै राष्ट्रपति भण्डारीले भोजपुरबासीले अरुण नदीबाट लाभ लिन सक्ने बताएकी हुन । गृह जिल्ला भोजपुरमा पुगेर राष्ट्रपति भण्डारीले योगमायाको समाधिस्थ साथै बाला गुरु षडानन्दको जन्म घ
विजयपुर / धरानमा पाँचौ पुष्प प्रदर्शन तथा व्यापार मेला शुरु भएको छ । देशको आर्थिक अवस्था खस्किएको समयमा आयोजना गरिएको मेलामा व्यवसायीहरुले पुष्प व्यवसायीहरुले भोग्नुपरेको पीडाका विषयमा गुनासो पोखे । तीनै सरकारबाट सहयोग नभएको तर आफ्नै बलबुतोले पाँचौ संस्करणसम्म आइपुगेको उनीहरुले बताएका छन् पुष्प व्यवसायीहरु अहिले पनि व्यवसायिक बन्न नसकेको प्रदेश र स्थानीय सरकार समक्ष गुनासो पोखेका हुन् । स्वदेशी फूल प्रवद्र्धनका लागि प्रत्येक बर्ष मेलाको आयोजना गरिए पनि सरकारी सहयोग न्यून रहेको कारण मुलुकमै पर्याप्त स्वदेशी फूल उत्पादन गर्न नसकेको बताएका थिए । उनीहरुले स्वदेशी फूल प्रवद्र्धनका लागि मेलाको
मोरङ / लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको लागि बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो । गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य द्वय डा.शेखर कोइराला, डा.सुनिल शर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका छन् । सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना अनुरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइर
दुहबी / सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडेमी झापाले फाइनल यात्रा सुरक्षित गरेको छ । झापाले डाँगीहाट युथ क्लब मोरङलाइ ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयको पहिलो हाफसम्म दुवै तर्फबाट कुनै गोल हुन सकेछ । दोस्रो हाफको १७ औँ मिनेटमा झापाका खेलाडी गौरव धिमालले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । धिमालले गोल गरेको चार मिनेटपछ अर्थात् २१ औँ मिनेटमा डाँगीहाट युथ क्लब मोरङका खेलाडी सुजन मगरले एक गोल फर्कार आफ्नो टिमलाई बराबरीमा पुर्याए । त्यसपछि
मोरङ / कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्षअघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेट
तेह्रथुम / तेह्रथुम जिल्लाको ऐतिहासिक स्थल छाते ढुंगाको संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा रहेको यो ढुंगा सय वर्ष पुरानो मानिन्छ । ऐतिहासिक ढुंगा हेर्नकै लागि दैनिक आन्तरिक पर्यटक जाने गर्छन् तर यसको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् । सय वर्ष पुरानो सो ढुंंगाको नामबाट छातेढुंगा गाविस नामकरण भएको थियो । अहिले सो गाविस आठराई गाउँपालिकाको ५ नं वडा भएको छ । तेह्रथुमका राजनीतिककर्मी तथा प्रदेश १ का पूर्व पर्यटन मन्त्री लक्ष्मण तिवारीले यस्ता ऐतिहासिक स्थलको संरक्षणमा सरकार लाग्नुपर्ने बेला आएको बताएका छन् । उन
आफ्ना उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै झापाका किसानले मङ्गलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कुखुरा र अण्डा सडकमा फालेका हुन् । केही दिनअघि चितवनका किसानहरूले पनि यसै गरी तरकारी सडकमा फालेका थिए । किसानहरूले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय हो । किसानले मेहनत गरेर उत्पादन गरे पनि उनीहरूले यसको उचित मूल्य पाउन सकेका छैनन् तर आश्चर्यको विषय त के छ भने उपभोक्ता भने महङ्गीको मारमा परेका छन् । किसानले प्रतिगोटा ८ रुपैयाँमा बिक्री गरेको अण्डा उपभोक्ताले भने प्रतिगोटा १५ रुपैयाँमा किन्नु