Top 4

    Showing 4,921-4,930 of 9,508 items.
  • भाषा र सँस्कृति जगेर्नामा आठराई गाउँपालिका

    तेह्रथुम / पछिल्ला बर्षहरुमा नेपालमा बोलिने केही भाषाहरु लोप हुने अवस्थामा पुगेका छन् । विदेशी भाषाको दबदबा र मातृ भाषाको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका छन् । आफ्नो भाषा नै लोप हुने अवस्थामा पुगेपछि तेह्रथुम जिल्लाको आठराई गाउँपालकामा लिम्बु समुदायले मातृ भाषा तथा लिपी सिक्न थालेका छन् । मातृ भाषाको अस्तित्व बँचाउनुपर्ने भन्दै यहाँका लिम्बु समुदायहरु आफ्नो मातृ भाषा तथा लिपी सिक्न थालेका हुन् । घरमा बोलिने भाषा पहिलो भाषा भएपनि अन्य भाषाको प्रभावले ओझेलमा परेको श्रीजंगा लिपीको संरक्षण गर्नकै लागि आठराई गाउँपालिकामा आधारभूत लिम्बु भाषा प्रशिक्षण तालिम सञ्चालन भएको छ । आठर

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम कारागारमा खानेपानीको समस्या

    इलाम / इलाम कारागारमा खानेपानी चरम अभावभ भएको छ । खानेपानी अभावका कारण काराबारभित्र खाना बनाउन र शौचालयमा प्रयोग गर्न समस्या भएको छ । नगरपालिकाले वितरण गरेको खानेपानी नआउँदा कारागारमा समस्या भएको हो । दिनमा दुई पटक पानी आउँदा उनीहरुलाई समस्या भएको हो ।कारागारमा २७ गतेदेखि पानी नआएको  कैदी बन्दी बताउँछन्।नगरपालिकाले २४ घण्टै पानी वितरण गर्ने गरीे आयोजना सञ्चालनमा ल्याए पनि कारागारभित्र पानी नै नआउने गरेको छ। जिल्ला कारागार इलामका जेलर सुमित मगरले २७ गते बेलुकाबाट पानी नआएर समस्या आएको बताए । उनले कार्यालयले ट्याङ्करमा पुवा खोला र धोवीधाराबाट ल्याएर समस्या समाधान गरेको बताए । उनले&nb

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 802 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • संघीय लिम्बुवान मञ्चद्वारा अख्तियारमा उजुरी

    धरान । संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरीले मालपोत र नापी कार्यालयको जग्गा खरिद र भवन निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै मंगलबार इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । मालपोत र नापी कार्यालय सार्न रकम लिने तत्कालीन कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै मञ्चले अख्तियारमा उजुरी दिएको हो । मञ्चका सुनसरी अध्यक्ष अमर इजम र सचिव निर्मल राईले अख्तियारमा उजुरी दिएका हुन् । उनीहरुले अख्तियारमा दिएको उजुरीमा विगतका परिस्थितिहरुसँग संघर्ष गरेर केही वर्षअघि मात्र राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, सरोकारवाला र धरानका जनताहरुको पहलमा सहजतापूर्वक सेवा प्रवाह

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्रीलाई पहिचानवादीको अल्टिमेटमपत्र

    मोरङ/ प्रदेश १ को नाम कोशी खारेजीको माग गर्दै पहिचानवादीहरुले आइतबार मुख्यमन्त्री हिकमत कार्कीलाई अल्टिमेटम पत्र बुझाएका छन् ।प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका तर्फबाट आइतबार मुख्यमन्त्री कार्कीलाई अल्टिमेटम पत्र बुझाएको हुन् । मन्त्री तिलकुमार मेन्याङबोमार्फत मुख्यमन्त्री कार्कीलाई उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।मन्त्री मेन्याङेबोले संवैधानिक प्रक्रियाबाट नामकरण टुंगिएको बताएका थिए । उनले ‘चारजना बाहेकका सांसदले समर्थमा प्रदेशको नाम कोशी पास भएको पहिचानवादीलाई स्मरण गराएका थिए । सभामुख बाबुराम गौततमले पुन नामाकरणको सम्भावनाको ढोका खुल्ला रहेको बताउदै नामविहीन प्रदेश ररहिर

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण लागि संझौता

    मोरङ /कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माण कार्यक्रम अन्तर्गत आइबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र स्थानीय तह बीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर आइबार पारित गरिएको हो । चारवटा पालिकाहरु अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक माामिला

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनता मावि जहदामा अग्रेजी माध्यमबाट पढाइ हुने

    मोरङ / मोरङको जहदा २ मझारेको जनता माविमा अँग्रेजी माध्यमबाट पढाई शुरु गरिने भएको छ । शैक्षिक सत्र २०८० बाट अंग्रेजी माध्यमबाट पठनपाठन गर्नकै लागि सोमबार अभिमुखी कार्यक्रमको आयोजना गरेको छ । बाल विकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्नको लागि दुई दिने अभिमुखीकरण कार्यशाला तालिम सम्पन्न भएको जहदा गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक खनालले जानकारी दिए । शिक्षा शाखा प्रमुख खनालले उद्घाटन गरेको कार्यशाला तालिमपछि खनाललेविद्यालयले लिएको भाबि कार्य योजना समग्र जहदा गाउपालिकाकै विद्यालयहरुका लागि अनुकरनिय रहेको बताए । उनले प्रधानाध्यापक नबिन गौतमको नेतृत्वमा विद्यालयले आगामी दि

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 691 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरिकता नपाउँदा युवाहरु लागे भारतिर

    रंगेली / बर्षौदेखि नेपालमा बसोबास गरे पनि जन्मको आधारमा पाउने जन्मसिद्ध नागरिकता नपाएपछि पूर्वी मोरङका युवाहरु रोजगारीका लागि भारत जान थालेका छन् । नेपाली नागरिक्ता नहुँदा उनीहरुले स्वदेशमै रोजगारी पाउनबाट बञ्चित भएका छन्। स्वदेशमै रोजगारीको अवसर नपाएपछि उनीहरु धमाधम रोजगारीका लागि भारततर्फ पलायन भएका हुन् । रंगेली नगरपालिका–५ आमगाछीका सुकुम्वासी टोलका युवाहरु परिवार नै लिएर जीवनयापनका लागि रोजगारका लागि भारत पलायन भएका छन् ।उनी मात्र हैन ससुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवार भारतको दिल्ली, पन्जाव, हरियाणा लगायतका सहरहरुमा गएर काम गर्न थालेका छन्। नेपाली नागरिकता नहुदा बैक तथा व

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 1,478 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • कक्षा ८ को नतिजा सार्वजनिक

    मोरङ / विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको थियो । सम्भवतः चैतभित्रै नतिजा सार्वजनिक गर्ने पालिकामध्ये विराटनगर महानगरपालिका पहिलो भएको कोइरालाको भनाइ छ । उनले भने ‘मोरङमा चाहिं १७ वटा पालिकामध्ये विराटनगर महानगर कक्षा ८ को नतिजा सार्वजनिक गर्ने पहिलो भएको छ, मलाई लाग्छ देशका अन्य पालिकाले पनि अहिलेसम्म नतिजा

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पशुसेवा शाखा स्थानीय सरकार मातहतमा सञ्चालन

    धरान/ देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छै्रनन् । पशुमा लाग्ने रोगको् निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकारमार्फत धरान ८ बगरगाछीमा सानो कोठामा सञ्

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सियोनको अभिभावक दिवसमा विविध कार्यक्रम

    धरान / धरान–१६ स्थित सियोन स्कुलले अभिभावक दिवसको अवसर पारेर दीक्षान्त समारोह र विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेका छन् ।२०६२ सालदेखि धरान–१६ जोरसखुवामा सञ्चालनमा आएको स्कुलको अभिभावक दिवसमा बाक्लो उपस्थिति रहेको थियो ।   कार्यक्रममा बोल्दै सियोन स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगरले सियोन स्कुलले यस वर्ष झनै उल्लेखनीय प्रगति गरेको बताए । यस वर्षको नतिजा विगतको भन्दा राम्रा भएकोले स्कुलले प्रगति गरेको दाबी गरे । प्रिन्सिपल, डाइरेक्टर थापा मगरले विद्यार्थीहरुलाई मानसिक, शारीरिक स्वास्थ्यमा ख्याल गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न यो स्कुल विगतदेखि न

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved