धरान र धरान १६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालनगर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ । नेकपा एमालेको तर्फबाट धरान १६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् । विपन्न वडावासीहरुलाई निशुल्क आवास निर्माण गर्ने घोषणा पत्रमा सार्वजनिक गरिएको छ । यस अघिका एमालेबाटै वडाध्यक्ष विजयी दिलकुमार गिरीले विपन्नका लागि रासन कार्ड वितरण गरेका थिए । हालका वडाध्यक्षका उम्मेद्वार हिमालले धरान १६ मा रहेको रंगशाला अगाडीको खाली ठाँउमा खुल्ला व्ययमशाला सञ्चालन गर्ने, नि
धरान / नेकपा एमालेले धरान १६ नं वडामा यूवा पुस्ताको हस्तिका रुपमा उदय भइरहेका हिमाल कार्कीलाई वडाध्यक्षको रुपमा अगाडी सारेको छ । प्रदेश नं १ कै पहाडी भेगमा रहेको ओखलढङ्गा जिल्ला हालको सिद्धिचरण नगरपालिका १ मा जन्मिएका उनि ०५२ साल देखि धरानमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् । ०५४ साल देखि विद्यार्थी राजनिति क्षेत्रमा अगाडी बढेका कार्की हाल नेकपा एमालेको तर्फबाट धरान उमहानगरपालिका १६ नं वडाको वडाध्यक्षका उम्मेद्वार हुन् । प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएका कार्कीको राजनितिमा लाग्नुको प्रमुख कारण उनका गुरु हुन् । जो केदार बस्नेत सिद्धिचरण नगरपालिकाका उपमेयरका उम्मेद्वार समेत रहेका छन् ।
धरान/ विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्पा २०५३ देखी ३ वर्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)को सदस्य रही विद्यार्थीको हक हितका लागि काम गरिन् । विद्यार्थी राजनीतिमा प्रायः उनको काम भनेको कार्यक्रममा जनवादी गित गाउनु र नृत्य गर्नु हुन्थ्यो । अध्ययनको क्रममा काठमाडौंमा रहदा उनी काठमाडौं खोटाङ सम्पर्क मञ्चमा रहेर क
मोरङ/ निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार स्थानीय कार्यपालिका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् । उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चु
धरान/ कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकाश र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्रिय राजनितिमा होमिएका हुन् लिम्बु । सक्रिय राजनितिबाटै समाजको विकाश गर्न सकिने मनन् गरेर उनी नेकपा एमालेमा समाहित भएका थिए । २०४६ सालको जनआन्दोलनमा नेतृत्व गर्दा उनी माथि प्रहरीले धरपकड समेत गरेको थियो । धरपकडमा फुत्किन सके । उनले हरियाली सामुदायीक वन उपभोक्ता समितीको ८ बर्ष सचिवको जिम्मेवारी सम्ह
● धरानको स्थानीय तहको एमालेका उम्मेवद्धवार उपनिर्वाचनमा पराजित हुनु भयो, यो चुनावमा बिरासत फर्काउने कोशिसमा हुनुहुन्छ, सम्भब छ ? – बामपन्थीहरुले धरानलाई नेपालको एउटा बेईजिङ भनिन्छ । बि.स.२०१७ सालको निर्वाचन देखि अहिले सम्म धरान वामपन्थीहरुको वर्चस्व रहेको थियो । तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजय हाम्रो पाटीको प्रतिष्ठाको रुपमा पार्टीले हेरेको छ । अन्य ठाँउमा पनि निर्वाचन हारेउ । उपनिर्वाचन भएका ठाँउमा नेकपा एमालेले हार्यो । तर धरान हार्दा देशमै चर्चाको बिषय बन्यो। अन्य पार्टीहरुले पनि चासो राख्यो । कसरी नेकपा एमाले हार्यो भन्ने चर्चाको विषय बन्यो र यो आफनो बिरासत फर्काउने
धरान । इस्टर्न स्पाइन सर्जन्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ को अध्यक्षमा प्रा.डा पशुपति चौधरी चयन भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्पाइन सर्जन प्रा.डा. चौधरीको अध्यक्षतामा प्रदेश १ स्तरिय स्पाइन सर्जनहरुको कमिटी गठन भएको हो । प्रतिष्ठानमा मंगलबार भएको सर्जनहरुको भेलाले चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डा. प्रकाश सिटौला, महासचिवमा डा. प्रेम शाही, सचिवमा डा. सुभाष झा र कोषाध्यक्षा डा. सन्दीप अधिकारी रहेका छन् । त्यसै गरि सदस्याहरुमा डा. यज्ञ खरेल, डा. मनोज कुमार शाह, डा. कुमुद लिम्बु, डा. नविन सिंह, डा. प्रमोद बराल
धरान/ स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सबै उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।धरान उपमहानगरपालिका वडा नम्बर १७ मा पनि उम्मेदवारहरू मतदाताका घर–घरमा पुगिरहेका छन् । यहाँ मुख्यतः नेकपा (माओवादी केन्द्र), काङ्ग्रेस र एमालेका उम्मेदवारहरू बढी सक्रिय छन् । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराई भने आप्mनो जीतप्रति विश्वस्त भएर घरदैलो कार्यक्रममा सहभागी भएका छन् । यस क्रममा उनी नेतृत्वको टोली मङ्गलबार डाँडाघोपा, नमूना बस्ती, सुन्दर, बस्तीलगायतका स्थानमा पुगेको छ । सयौँ समर्थक र शुभचिन्तकहरूका साथ बाजागाजासहित टोली पुग्दा मतदाताहरूले उत्साहका
धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुहको एमाले प्रवेश गरेका हुन् । एमाले वडा नम्बर ४ मा भएको घरदैलोको क्रममा मनोज श्रेष्ठ, खेम राना, बल बहादुर राई, सुजन राई, विजय राई, मनजित राई, रोशन श्रेष्ठ, बादल राई, समिर विक, विमल विक, विशाल विक, अर्जुन विक, अनुप विक, धनराज राई, विवेक राई, सुनील राई, दिपेश राई, दिपक खड्का, सुनिल राई सुनिल विक, मनिष
धरान/ अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो(लिम्ब) सहभागी हुनु भएको थियो । कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गए पछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताउनु भएको छ । धरान–५ मा भवन निर्माणका लागि जग्गासमेत हेरि सकेको उहाँले बताउनु भयो । उहाँले नेकपा एमालेले सबै वर्ग समुदाय, जात