धरान / अहिलेको विषम् परिस्थितिमा सबै व्यवसायीहरुलाई व्यवसाय टिकाउनै गार्हाे भएको समयमा साना व्यवसायीहरु अझ मारमा परेका छन् । सरकारले बढाएको करको दायरा, बैंकबाट लिएका ऋणको ब्याजवृद्धि, व्यवसायिक तरलता तथा घरधर्नीहरुले बढाएको मनोमानी भाडाका कारण समस्यामा परेका हुन् । साना व्यवसायीहरुको हक हितका लागि २०४७ सालमा गठन भएको नेपाल साना व्यवसायी संघलाई विस्तार गरेर अहिले साना उद्योगलाई समेत समेटेर नेपाल साना उद्योग व्यवसायी संघमा विस्तार गरेका छन् । व्यवसायिक हक हितका लागि अहिले पनि उनीहरु एक जुट भएर का मगदै आएका छन् । विजयपुर अत्याधित्मक मञ्च धरान १४ मा नेपाल साना उद्योग व्यवसायी स
इलाम / तीन तहको सरकारबिच समन्वयको अभावका कारण सहकारी क्षेत्र गण्डा गोल बनेको छ । कतिपय सहकारीले रकम हिना मिना सम्म गरेर फरार भएका पनि छन । यतिबेला सहकारीको कारोबार कमजोर भइरहेको भन्दै मर्च समेत भइरहेका छन् । सहकारी नियमन गर्ने अधिकार पाएको कतिपय स्थानीय तहका लागि त सहकारी बोझ नै बन्न पुगेका छन् । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीभित्र सहकारी रहेको छ । जसका कारण आफ्नो कार्यक्षेत्रभित्रका सहकारीको प्रवर्धन, नियमन गर्ने जिम्मेवारी तहगत स्थानीय सरकारको छ । स्थानीय सरकारले सहकारी सम्बन्धी आफ्नो छुट्टै ऐन, नियम बनाउनुपर्ने, नियमन र प्रवर्धन गर्नुपर्ने उल्लेख छ तर, अधिकां
सुनसरी /भारतबाट आलु र प्याजको आयात ठप्प भए पछि अहिले बजारमा मूल्य दोब्बरले बढेको छ । सरकारले कृषिजन्य उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेसँगै प्याजको मूल्य अस्वभाविक महंगो भएको हो । सरकारको घोषणासँगै भारतबाट आलु र प्याजको आयात ठप्पप्राय बनेको छ । हाल उपभोक्ता बजारमा प्याजको मूल्य तरकारी बजारमै प्रतिकिलो १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ । जब कि गत शुक्रबारसम्म प्याजको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको थियो । तर, तरकारी बजारभन्दा बाहिर भने हाल प्याजको भाउ प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । सरकारले
विराटनगर/ मोरङ उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख पुजन दास माथि सांघातिक आक्रमण भएको छ । समाचार संकलन गरेर फर्किने क्रममा मोरङको रतुवामाई १० स्थित एक ग्यारेजमा मोटरसाइकल बिग्रिएर मर्मत गर्ने क्रममा ५र ६ जनाको समूहले उनीमाथि आक्रमणगरेका हुन् । उनको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ । आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताए । उनको मुखमा चोट लागेको छ । घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै प्रेस सेन्टर मोरङले माग गरेको छ । सो संगठनले समाचार लेख्ने, संकलन गर्ने र प्रकाशन तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपू
सुनसरी / पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको छ। फेरि पनि बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।
धरान/ गत बिहिबार उर्लाबारीको नयाँ मंगलबारेमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछी सवारी साधन तोडफोड गर्ने ५ जनालाइ आज मोरङ जिल्ला प्रहरीले पक्राउ गरेको छ । गत २५ गते उर्लाबारी नगरपालिका वडा नं. ३ नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१-०१-०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा झापा कमल गाउँपालिका वडा नं २ बस्ने बर्ष ३३ को पवन सुबेदीको मृत्यु भएको हो । सुबेदीको उपचारको क्रममा मृत्यू भए पछि घटनास्थलमा स्थानीयले यात्रुबाहक सवारी स
धरान । बजाजले नयाँ वर्षको अवसरमा ल्याएको उपहार योजना अन्तरगतको लक्की ड्र मा भोजपुरका तिर्थ बहादुर तामाङले १ केजि चादी हात पारेका छन् । बजाजले देशै भरी नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो । अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैया सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हफ्ता लक्की ड्र बाट १ केजि चादी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङ्ले तेर्हौ विनरको रुपमा १ केजि चादी हात पारेका हुन् । बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रोदर्श अटोबाट गत चैत्र २८ मा १ सय ५० सिसिको पल्सर किनेका थिए ।
धरान / बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानलाइ नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाएर अस्पतालको रुपमा सिमित गर्न खोजेको भन्दै धरानका विभिन्न राजनितिक दलहरुले असहमती जनाउदै बिज्ञप्ति जारी गरेका छन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाई अझ शिक्षा र स्वास्थ्य क्षेत्रको नमुनाको रुपमा विकास गर्दै लैजानुको साटो अस्पतालको रुपमा मात्रै सिमित गर्ने षडयन्त्र भईरहेको महसुस भई त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा उक्त कदमप्रति गम्भिर असहमती जायर गर्दै खेद व्यक्त गरेको छ । नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धि एउटै छाता ऐन बनाई उपत्यका बाहिरका प्रतिष्ठानहरुलाई
सुनसरी / युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन मागगर्दै सशस्त्र युद्धका बाल सेना लेनिन विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत विष्टको माग छ । तत्कालीन माओवादीले आफू जस्ता अबोध नाबालकलाई बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् । यसअघि व
झापा/ मेचिनगरमा भएको सवारी दुर्घटनमा सुनसरीका सन्दिप नेपालिको मृत्यु भएको छ । शनिबार झापाको मेचिनगर नगरपालिका वडा नम्बर १५ मा रहेको काठको गोलिया बोकेको मे.१ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिदा घाईते भएका मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालक इटहरी ४ सुनसरीका २० बर्षिय सन्दिप नेपालीको उपचारको क्रममा बि एन्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक इलामका २४ वर्षीय पुरन लुङ्गेली मगरलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।