Top 4

    Showing 3,981-3,990 of 9,504 items.
  • नुना स्टोर प्रकरण : बचतकर्ताको रकम २५ करोड भन्दा बढी

    धरान/ बचतकर्ताको रकम लिएर फरार रहेका धरान ११ स्थित नुना स्टोरका संचालकले २५ करोड भन्दा बढी रकम तिनुपर्ने देखिएको छ । केही दिन अघि पिडितहरुको उजुरीको आधारमा ३ करोड रुपैया लिएर फरार रहेको भनिए पनि पछिल्लो समय उजुरी गर्नेको संख्या बढ्दै गए पछि उनले २५ करोड भन्दा बढी रकम लिएर फरार रहेको बुझिएको हो । संञ्चालक वसन्त राई ४ सदस्यीय परिवार सहित भागेपछि १८ जना पीडितहरू पहिलो निवेदन लिएर इलाका प्रहरी कार्यालय पुगेका थिए । थप ३६ जना पीडितहरूले दोस्रो निवेदन प्रहरीमा दिएका छन । तेस्रो निवेदन ८ जनाले दिएका छन् । राईले पसलमा कारोबार गरेका ६० जना पिडितहरुको २५ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार रहेक

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 1,154 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अघिल्लो सरकारकै एजेण्डा लागू गर्ने प्रयास: मुख्यमन्त्री कार्की

    मोरङ/ प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको एजेण्डा आफूले प्रदेशमा लागू गर्न खोजेको उनको दाबी छ । सहमतीय सरकारको एजेण्डा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै भएकोले एमाले यसबाट पन्छिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ । तत्कालिन मुख्यमन्त्री कार्की र उद्धब थापा दुबै जनाले सहमतीय सरकारको प्रस्ताव गरेपनि दलहरु सहमत नभएकोमा आफ्नो नेतृत्वलाई सबैले विश्वासको मत दिएर सहमति जनाएको मुख्यमन्त्रीले दावी गरे । उनले भने, &lsq

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा सर्वदलीय सरकार जरुरीः माधव नेपाल

    मोरङ/  कोशी प्रदेशमा सरकार गठन प्रक्रिया पेचिलो बनिरहेको अवश्थामा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सर्वदलीय सरकार बनाउन उपयुक्त हुने बताएका छन् । नेकपा एमालेले समर्थन गरेर नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री बने पछि सरकारले पुर्णता पाउन कठिन भइरहेको अवश्थामा उनले सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार मात्रै समाजवादी र माओवादीका एक एक जनालाई बिना विभागीय मन्त्री बनाइसकेका छन् । एमाले सरकारबाट बाहिरिएको छ । यसै बिच शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै सर्वदलीय सरकार बन

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छठ पर्वका लागि नहर सफाई

    विराटनगर/ आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो । वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्लाष्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको थियो । छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो । सो अवसरमा वडाका जनप्रतिनिधि, स्थानीयबासी, समाजसेवीलगायतले नहर सफा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा १८ भ्रेटान टिमलाई जर्सी प्रदान

    धरान/  १८ न.वडा कार्यलयले .वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ । पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो । करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए । धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन । टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 939 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किसान आलु रोप्न व्यस्त

    इनरुवा/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त भएका छन् । धान र जुट खेती गरेका किसानले बाली भित्र्याएर अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्ने कामले भ्याइ नभ्याई छ । आलु रोप्नको लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने काममा किसान व्यस्त भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका ५ को नरसिंह टपरा क्षेत्रमा किसान एक हजार बढी हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गर्दै आएका छन् । यहाँका किसानको हिउदे बालीमा मुख्य उत्पादन नै आलु रहेको किसान शिवराम यादवले बताए । आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेत

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहमतीय सरकार अहिलेको आवश्यक्ता: मुख्यमन्त्री कार्की

    मोरङ/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागि परेको बताएका छन् । वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको समेत उनले स्पष्ट पारे । कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार उनलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए । कोशी प्रदेशमा देखिएको

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आन्दोलनले वीपी अस्तव्यस्त उपचारमा आएका विरामी आउदै फर्किदै

    धरान/ दुई महिना अगाडिदेखि लगातार भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक तथा चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र विरामीले हदै सम्मको सास्ती भोगेका छन् । रोकिएको बढुवा प्रक्रियालाई निरन्तरताको माग राख्दै दुई महिना भन्दा लामो समयदेखि निरन्तर चलेको शिक्षक कल्याण समाजको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचारमा समस्या भएको छ । चेकजाँचमा संलग्न चिकित्सक नै काम छोडेर निरन्तर आन्दोलनमा होमिएका कारण उपचार सेवासँगै अनिवार्य गर्नुपर्ने विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । विरामीहरु प्रतिष्ठान आउने र उपचार नभएपछि घर फर्किएर जा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थारु चलचित्र सजनी तोहर बिनको प्रिमियर सो मा दर्शक भरिभराउ

    सुनसरी/ बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को प्रिमियर सो प्रदर्शन भएको छ । बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक पर्शुरा चौधरीको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासघ केन्द्रिय सदस्य तथा मा उक्त फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो। म्याजिक हलमा प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए । यो फिल्मले गाउँ घर नगरमा घटि रहे

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 781 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिक्न छोड्यो घ्यु र चीज

    इलाम/  चाडपर्वको समयमा पनि नौंनी घ्यु र चिज अपेक्षा भन्दा थोरै बिक्री हुँदा इलामका डेरी उद्योगहरु समस्यामा परेका छन् । व्यावसायीहरु अधिक उत्पादन र न्यून बिक्रीको समस्या भोग्ने अवस्थामा पुगेपछि उनीहरुले बजारको चिन्ता गर्न थालेका छन् । दुधको राजधानी भनेर चिनिदै आएको कोशी प्रदेशको इलाममा उत्पादन भएको चिज र घ्युले बजार नपाउँदा उत्पादकहरु समस्यामा परेका हुन् । डेरी उद्योगहरुले ६ महिना यता घ्यु र चिज स्टोरमै थन्क्याएर राख्न बाध्य भएका छन् । इलाममा डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । अधिकांश डेरीहरुमा कम्तिमा पाँच हजार किलो देखि १८ हजार किलो नौंनी र चीजको ‘स्टक’ रहेको दु

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved