संस्कृति संरक्षणका लागि सोनाम ल्होसार पर्व शुरु

  • माघ २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तामाङ जातिको पहिचान, संस्कार, संस्कृति तथा पर्वलाई संरक्षण गर्दै नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा ‘सोनाम ल्होसार पर्व’ शनिबार देखि धरानमा शुरु भएको छ ।

नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा धरान १२ स्थित पब्लिक उच्च माविको खेलमैदानमा २८६० सोनाम ल्होसारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव सुरू गरेको हो ।

फागुन ५ गते सम्म चल्ने महोत्सवको पहिलो दिन धरानका तामाङ जातिहरू जातीय पोसाक पहिरन, परम्परागत डम्फु बजाउँदै र्‍याली झाँकी सहितको प्रदर्शन गरेका थिए ।

तामाङ जातिहरूको २८६० नयाँ वर्षको अवसरमा महोत्सवले तामाङको ऐतिहासिक परम्पराको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने आयोजकका अध्यक्ष सपन कुमार तामाङ योञ्जनले बताए । महोत्सवले धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष तामाङले बताए ।

महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि बृहत् फोटो पेन्टिङ प्रदर्शनी गरिएको छ ।

महोत्सवमा ८० वटा स्टलहरूमा तामाङ जातिको संस्कार संस्कृति झल्किने मौलिक खानेकुरा परिकार रहनुका साथै स्थानीय उत्पादित बस्तुहरू रहेको महोत्सव संयोजक दीपक घिसिङले बताए ।

उनले भने ‘महोत्सवमा बिशेषगरि तामाङ जातीको डम्फु नाच सहित हरेक साँझ धरानका स्थानीय कलाकार तथा राष्ट्रिय चर्चित कलाकारहरले प्रस्तुती रहने छ ।’

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved