धरान/ नेपाल प्रहरी श्रीमति संघले धरान १६ मा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ । संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो । प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहर
धरान / नेपालीहरुको चाड दशै भित्रिसक्दा पनि व्यपारीहरुको व्यापार व्यवसाय डामाडोल भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावर तयार पारिदिन प्रशासन समक्ष माग राखेका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघकै कार्यकक्षमा आयोजना गरेको दशै, तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा अधिकांश व्यवसायीहरुले सुरक्षा नभएको, प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुः ख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको, स्थानीय सरकार र कर कार्यालयले अनाधिकृत रुपमा कर असुली गरेको लगायतका विषयमा प्रशासन समक्ष उठाए
धरान/वृत्ति विकासको माग गर्दै आन्दोलनरत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । प
काठमाण्डौं/ कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् । कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ । मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत
धरान/ श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउदै स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नागरिकको रोजगारीको हकलाई मैलिक हकको रुपमा व्यवस्था गर्न पाँच बर्ष अगाडि शुरु गरिएको प्रधानमन्त्री स्वरोजगार कतिपय स्थानीय तहमा यो प्रभावकारी ढंगबाट सञ्चालन भएको छ भने कतिपय ठाउँमा प्रभावकारी हुन सकेको छैन । एक सय दिनलाई लक्षित गरी ल्याइएको रोजगार कार्यक्रमले निम्न आय भएका र श्रम गरेर गुजारा चलाउनेहरुलाई भने सहज बनाएको छ । नेपालको संविधानको धारा ३३ मा प्रत्येक नागरिकको रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।संिवधानकै धारा ५१ ले रोजगारीका सम्बन्धमा राज्यका नीति के हुने भन्ने विषयलाई स्प
धरान/ धरान काकडभिट्टा रुटका बस चालक विकि प्रधानले मजदुरहरुले काम गरिखान सक्ने अवस्था नभएको बताए । उनले भने सडक सिमित छ तर सवारीसाधनको संख्या अत्यधिक हुँदा ट्राफिक समस्या विकराल रहेको, सडक दुर्घटनाको जोखिम तिब्र रहेको र ट्राफिक प्रहरीको असहिष्णु व्यवहार र प्रशानिक झमेलाले काम गर्न समस्या परेको बताए । प्रधानको कुरामा होमा, हो थप्दै चालक दिपक कार्कीले भने चालक भएर काम गरेको दशकौँ भयो तर, गाडी चलाएर जीवन चल्छ जस्तो लाग्न छाडेकोछ । अब त विदेश जाँउ जस्तो लागिरहेकोछ गरिखाने मजदुरलाई हेर्ने दृष्टिकोण नै गलत छ अनि विदेश नगएर के गर्नु । त्यस्तै पहाडी रुटमा लामो समयदेखि काम गरेका गोपाल थापाले भने
सुनसरी/ नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । प्रदेशसभाको पहिलो दलको हिसावले मुख्
इलाम/ स्थानीय तहका कर्मचारीहरुले प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको र स्थानीय सेवाका कर्मचारीहरुलाई निजामतिको परिभाषामा नसमेटिएको भन्दै प्रस्तावित ऐनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको हो । इलामका चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएपछि अत्यावश्यक बाहेकका सबै काम ठप्प भएका छन । कर्मचारीहरुले प्रत्येक पालिकामा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रि
धरान/ बंगुरको मासुको मुल्य विवादमा धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरे पछि स्थानीयहरु आक्रोशित बनेका छन् । मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । गत सोमबार धरान उपमहानगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको ५ सय रुपैयाबाट घटाएर मुल्य ४ सय ६० मा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरे पछि स्थानीयहरु पनि आक्रोशित बनेका हुन् । आफुखुशी बंगुरको मासुको मुल्य बढाएको भन्दै सामाजिक संजालहरुमा स्थानीयले आक्र
इलाम/ पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ । तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ । वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ । डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्