२४ औं बुढासुब्बा गोल्डकप शनिबारदेखि

  • फाल्गुन २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता यही शनिवारदेखि धरान १६ स्थित रंगशालामा सुरु हुदैंछ ।

आज प्रतियोगिताबारे अन्तिम जानकारीका लागि आयोजक धरान फुटवल क्लवले पत्रकार सम्मेलन गरेको छ ।

प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । क्लवको नयाँ नेतृत्वसँगै बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लवका अध्यक्ष प्रताप तामाङले जानकारी दिनु भएको छ ।

२३ वटा संस्करण सक्दा आयोजकले हालसम्म उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ आयोजक टिम तयारी गरिएको क्लवका महासचिव नविन राईले जानकारी दिनु भयो । 

फागुन २६ गते हुने उद्घाटन खेल आयोजक र युकेएफसी भारतबीच खेल हुने भएको छ ।

प्रतियोगिताको फाइनल चैत्र ३ गते हुने भएको छ । उद्घाटन  धरानका मेयर हर्क साम्पाङले गर्ने कार्यक्रम तय गरिएको क्लवले जनाएको छ । 

यस पटक पास र सवारी साधानको पार्किङको उचित व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आयोजक र पत्रकारको लागि गेटबाहिर अलग्गै पार्किङको व्यवस्था गरिएको र त्यहाँ शुल्क नलाग्ने पनि अध्यक्ष तामाङँले जानकारी दिनु भयो ।

यस पटक मदिरा कम्पनिहरुको विज्ञापनमा सरकारले रोक लगाए पछि प्रायोजकसमेत घटेको अवस्थामा पहिलो पुरस्कारका लागि धरान हङकङ मञ्च र दोस्रो पुरस्कार धरान समाज युकेले दिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

पत्रकार सम्मेलनमा एनि स्पोट्र्स कन्काई गार्मेन्टका अध्यक्ष सन्तोष थोप्राले आयोजक क्लबका खेलाडीहरुको लागि जर्सी र ट्रयाकसुट हस्तान्तरण पनि गर्नु भएको छ ।

प्रतियोगितामा आयोजक र युकेएफसीबाहेक लिग च्याम्पियन चर्च ब्वाईज क्लब, एनआरटी काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र नेपाल पुलिस क्लब सहभागी हुने महासचिव नविन राईले जानकारी दिनुभएको छ । 

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved