अरुण नदीमा पुल नहुदा स्थानीयलाई सास्ती फेरि सञ्चालन भए पनि घण्टौ कुर्नुपर्ने बाध्यता

  • फाल्गुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा फेरि सञ्चालन आएपछि त्यहाँका स्थानीय सर्वसाधारणको जीवनयापनमा केही सहज भए पनि फेरिबाट सवारी साधन आवातजावत गर्दा घण्टौ पर्खिनुपर्ने झन्टझटले भने स्थानीयहरु आजीत बनेका छन् ।

भोजपुरको षडानन्द नगरपालिकाका र संखुवासभाको मनकामनाबीचमा रहेको अरुण नदीको सतिघाटमा सञ्चालन भएको फेरिले संखुवासभा तथा भोजपुरका स्थानीयहरुलाई तराईसम्म जोड्ने् काम भएको भएपनि फेरिबाट गाडी तार्न घण्टौ पखिुपर्ने बाध्यताले भने समयमै गन्तव्यमा पुग्न नसक्ने सवारी चालकहरु बताउँछन् ।

सवारी साधनको लाइन धेरै भएका कारण उनीहरुले घण्टौ पर्खिनुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् ।

चालक कुवेर गुरुङ भन्छन्–‘पुल नहुदा हामीलाई सार्‍है गार्‍हो छ ।

पालो पखिर्नुपर्दा ५ घण्टासम्म पर्खेर फेरिबाट वारपार गराउनुपर्ने अवस्थासम्म आयो, फेरि सञ्चालनले केही राहत दिए पनि पूर्ण रुपमा राहत भने मिलेको छैन ।’

षडानन्द नगरपालिकाको ३५ लाख र प्रदेश तथा संघीय सरकारको ६८ लाख गरी १ करोड ३ लाख बजेटमा फेरी सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । यहाँबाट दैनिक ५० वटा साना तथा ठूला सवारी साधन फेरिकै भरमा तार्ने काम गरिएको छ ।

संघीय सांसद सुदन किराँती र षडानन्द नगरपालिकाका मेयर बिरबल राईले संयुक्त रुपमा फेरीको गरेका थिए । फेरिले केही सहजता ल्याए पनि सवारी साधनलाई वापरपार गराउन लाइन लाग्नुपर्ने घण्टौ पर्खिनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

पुलमात्र दीर्घकालीन समस्या भएको उनीहरुको तर्क छ । षडानन्द नगरपालिकाा वडा नं. ६ भोजपुरका स्थानीय शालिकराम कोइराला भन्छन्–‘यही क्षेत्रबाट चुनाव चिजेर काँग्रेसका नेता ज्ञानेन्द्र कार्कीमन्त्री बने, अहिले सुदन किराँती यही क्षेत्रबाट जितेर मन्त्री बनेका छन्, यसभन्दा अगाडि भोजपुरकै शेरधन राई र राजेन्द्र राई दुई जना कोशी प्रदेशको मुख्यमन्त्री समेत बने तर पुल बनेन ।’ उनले प्रत्येक चुनावमा यो नदीमा पुल बन्ने एजेण्डाले भने प्राथमिकता पाउने गरेकोमा भने आश्चार्य प्रकट गरे । उनी भन्छन्–‘प्रत्येक निर्वाचनमा यो पुल निर्माणको मुख्य एजेण्डा बन्छ, जितेर गएपछि पुल बन्ने कुरा नै हराउँछ ।’
यहाँ सञ्चालन भएको फेरिले २५ टन सम्मको तौल बोक्न सक्छ । खाली समय हुदा पनि वारिबाट पारि जाँदा १५ मिनेट र पारिबाट वारि आउँदा १५ मिनेट लाग्ने गर्दछ । तर सवारी साधनको अत्याधिक चाप हुनेगरेका कारण पाँच घण्टासम्म पर्खनुपर्ने बाध्यता रहँदा समयमै गन्तव्यमा पुग्न भने कठिनाइ भएको स्थानीयहरु बताउँछन् ।

जनतालाई आवत जावतमा सहजता हुनुको साथै दैनिक उपभोग्य सामाग्री ढुवानीमा सहजता भएपनि पुल नबन्दा समस्या हुने गरेको स्थानीय तथा चालकहरुको गुनासो छ । यो फेरि सञ्चालन षडानन्द नगरपालिकाले गरेको छ । कर्मचारी राखेर सञ्चालनमा ल्याएको नगरपालिकाले बताएको छ ।

विगतमा १२ घण्टामात्र सञ्चालनमा आउदै गरेको यो फेरि सवारी साधनको चाप बढ्दै्र गएपछि अहिले १५ घण्टा सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बस तथा ट्रक जस्ता ठूला खाली गाडीलाई पारपार गराएको २ सय र ट्याक्सीको १ सय रुपैया लिने गरे पनि सामान बोकेको सवारी साधनलाई तौल अनुसार रकम लिने गरेको फेरि सञ्चालनमा खटिएका नगर प्रहरी विकास राईले बताए ।

उनले भने–‘पहिला हामीले १२ घण्टामात्र फेरि सञ्चालन गथ्र्यौ, सवारी साधनको चाप अत्याधिक बढेपछि हामीले ३ घण्टा थपेर १५ घण्टा पुर्‍यायौ, अहिले भने केही सहज भने भएको छ ।’

तौल अनुसार नदी तारेको शुल्क लाग्ने गरेका कारण यात्रुवाहक बसमा सवारहरु उत्रेर फेरिदेखि माथि रहेको झेलुंगेपुलबाट १५ मिनेटर हिरेर पारिबाट पारि र पारिबाट पारि जाने गर्छन् ।

स्थानीयहरुले फेरि पुल निर्माण नहुन्जेलसम्मको लागि विकल्प भए पनि पुल निर्माण नै दीर्घकालीन सममाधान भएको भन्दै पुल निर्माण गरिदिन यस क्षेत्रबाट जितेर गएका मन्त्रीहरुलाई पटक पटक माग समेत गर्दै आइरहेका छन् ।

फेरी सञ्चालनपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका लगायत भोजपुर उत्तरी क्षेत्रका कम्तीमा ७० हजार स्थानीयवासी लाभांवित बने पनि फेरी १२ महिनाभर उपयोगी बन्न नसक्दा वर्षायाममा कष्ट भोग्नुपर्ने स्थानीय बताउँछन् ।

पञ्चायती व्यवस्था, लोकतन्त्र आइसकेपछि पनि यो उमेद्वार बनेकाहरुले यो पुल निर्माणको एजेण्डालाई प्राथमितामा राखे पनि यस क्षेत्रबाट मन्त्री बनेर गएकाहरुले पुल निर्माणमा कहिल्यै नसोचेको आरोप उनीहरुको छ ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved