धरान–इटहरी सडक निर्माण सुस्त गतिमा दुर्घटनाको जोखिम बढ्दै

  • फागुन २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको सेउतीपुलदेखि तरहरासम्मको बाटो सुस्त गतिमा निर्माण भएको छ । निर्माणमा ढिलाई हुदा दिनप्रतिदिन दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

धरानको सेउतीपुलदेखि इटहरीको तरहरासम्मको पाँच किलोमिटर सडक निर्माणमा ढिलाइ हुँदा सवारी धनी तथा यात्रुलाई समस्या भएको छ ।

निर्माणका लागि जथाभावि खनेर छाडिएका खाल्डोका कारण समस्या विकराल बन्दै गएको चालक तथा यात्रुहरुले बताउने गरेका छन् ।

उनीहरुले बर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको बताएका छन् । तेह्रथुम जिरिखिम्तीका यातायात व्यवसायी उमेश गौतमले धरानदेखि तरहरासम्मको सडक छोटो दूरीको भएपनि तराहरासम्म पुग्न नै मुस्किल हुने गरेको छ ।

उनले भने–‘यो सडक समयमै नबन्दा सबैले सास्त भोग्नुपरेको छ, जिम्मेवार पक्ष किन मौन बसेको छ बुझ्नै सकिएन ।

सडक निर्माणमा ढिल्ला सुस्ती भएकै कारण दुर्घटनाको जोखिम समेत बढेको् जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए ।

दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको । दुर्घटनामा ४३ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन् ।

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ ।

तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन ।

ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन । चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved