पानबारी शतबार्षिकी महोत्सव सुरु, आज गायक कमल खत्रीको प्रस्तुति

  • फागुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  धरान ६ पानबारीमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ ।

चैत २ गते सम्म लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्नु भएको छ ।

सभामुख विष्टले आफ्नो पहिचानको लागि र स्थानीय उत्पादन विक्रि एंव प्रचारका लागि गरिएको काम सहराहणीय भएको बताउनु भयो । उहाँले पानवारीको विकासका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनु भयो ।

समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए ।

पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भनिने, बताए ।

विशिष्ठ अतिथि कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले पानवारीको इतिहास अवगत गराउनु भएको थियो ।

पानवारीको इतिहास कृषीसँग जोडिए पनि सरकारको भूउपयोग नीति कृषीलाई भन्दा आवासिय क्षेत्रलाई प्राथमिकता दिएकाले पानवारीले पनि आवसिय क्षेत्र छनौट गरेको बताउनु भयो ।

सहरीकरणले यहाँका लोकप्रिय कृषी उत्पादन उखु, धानलगायतका बाली ओझेलमा परेको उहाँले बताउनु भयो ।

कार्यक्रममा पूर्व सभामुख प्रदिपकुमार भण्डारी, उपमेयर आइन्दैविक्रम बेघा,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुकेश, वडाअध्यक्ष भुपेन्द्र भट्टराईलगायतले शुभकामन दिनुभएको थियो ।

महोत्सवमा रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन, सहित स्थानीय स्तरमा उत्पादन कृषि सामाग्रीको सहुलियत बजार ,

 कविता तथा नृत्य प्रतियोगिता, झाकी प्रदर्शनी सांस्कृति निःशुल्क स्वास्थ्य शिविर थप अन्य आकर्षण कार्यक्रमहरु हुने क्लवका अध्यक्ष एसपजंग रुम्दालीले जानकारी दिनु भएको छ ।
साँझ  स्थानीय तथा रास्ट्रीय स्तरका कलाकारको प्रस्तुती रहनेछ, आज चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।pan

 प्रदेश स्तरीय छैटौ पानबारी भलिवल कप पनि शुरु 

प्रदेश स्तरिय भलिबल कपमा सयपत्री बोइज यूनियन क्लब पानवारी,

धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ,सतिसाले स्पोटीड मोरङ,प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ ,

प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा,एमएमसी धरान,बाझगरा भलिबल क्लब धरान गरि जम्मा ८ वटा क्लब रहेका छ्न ।

महोत्सवमा पानबारीको पहिचान झल्काउने पानको स्टल पनि राखिएको छ ।

किंबदन्ती अनुसार माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार थियो ।

तलको  भुभाग (हालको पानबारी)मा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो ।

पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती छ ।

 कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीकोको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ ।

महोत्सवमा पानको स्टलसँगै उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved