लोडअनलोड_मजदुरको_प्रश्न : हामी सामाजिक सुरक्षामा कहिले ?

  • फाल्गुन २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पोखरा/ कृषि उपज बजार, तरकारी तथा फलफूल मण्डि, हार्डवेयर तथा भन्सार गोदामहरुमा काम गर्ने लोडअनलोड मजदुरहरुले आफुहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराएकाछन् । 

शनिबार पोखरामा सम्पन्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लोडअनलोड तथा ढुवानी समन्वय समितिको राष्ट्रिय भेलामा देशभरीबाट सहभागी मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकरण हुन आफुहरु इच्छुक रहेको जनाउँदै योगदान रकमको जोहो गरिदिन सरकारसंग माग गरेको हो । 

पोखरास्थित तरकारी फलफूल मण्डिमा काम गर्ने ४० जना लोडअनलोग गर्ने मजदुरहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएको उदाहरण प्रस्तुत गर्दै देशभरी रहेका सबै मण्डि,

हार्डवेयर, गोदाम तथा बसपार्कहरुमा काम गर्ने लोडअनलोड मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनु पर्ने भेलाको निष्कर्ष रहेकोछ । Messenger_creation_6d13c0a4-41a4-447b-9668-3d4a8c75a731

भेलाले लोड अनलोड तथा ढुवानी क्षेत्रका देशभरीका कार्यथलोका समस्याहरुलाई सुत्रबद्ध गर्ने,

पोखरापछि चितवनको भरतपुर लगायत देशभरीका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन अभियान सञ्चालन गर्ने र स्थानीय तहमा श्रम डेस्क स्थापना तथा श्रमिकहरुको सुचिकरणका लागि सरकारका तनिैवटा तहहरुमा ध्यानाकर्षण गराउने निर्णय गरेकोछ । 

उक्त भेलाले देशभरी असारसम्म १३ वटा कमिटीहरु निर्माण गर्ने ५ सय मजदुरहरुलाई संगठनको सदस्यता वितरण गर्ने पनि निर्णय गरेकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य चुडामणी जंगली बिकको प्रमुख आतिथ्यतामा भएको भेलामा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठन सुदृढिकरण र विस्तार रणनीति प्रस्तुत गर्नु भएको थियो । 

संगठनका महासचिव केशव थापाले सञ्चालन गरेको कार्यक्रममा लोडअनलोड क्षेत्रका इन्चार्ज विष्णुबहादुर पराजुलीले स्वागत गर्नुभएको थियो । 

भेलाले निम्नानुसारको लोडअनलोड तथा ढुवानी समन्वय समिति गठन गरेकोछ ।

#संयोजक - ओमलाल थिङ

#सहसंयोजक - पित्मबहादुर पौडेल

#सचिव - राजन ढकाल

#कोषाध्यक्ष - जीवन ठटाल

#सदस्य - आइत तामाङ, अध्यक्ष हेटौडा लोडअनलोड ईकाई)

#सदस्य - अमरसिंह वाइवा उपाध्यक्ष चितवन तरकारी फलफूल ढुवानी ईकाई)

#सदस्य - बलबहादुर लिम्बू (अध्यक्ष लोडअनलोड ईकाई) 

#सदस्य - भेषराज अधिकारी अध्यक्ष पोखरा फलफूल ढुवानी ईकाई

#सदस्य - जुक्तबहादुर लिम्बु, अध्यक्ष तिनकुने लोडअनलोड ईकाई धरान)

#सदस्य - रामकुमार सरदार (अध्यक्ष ईटहरी लोडअनलोड ईकाई)

#सदस्य - अध्यक्ष नवलपुर लोडअनलोड ईकाई सर्लाही

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved