महाकुम्भ मेलाको तयारी तीब्र " भव्यताका साथ सम्पन्न गर्न समिति गठन"

  • फागुन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ १२ बर्षमा लाग्ने महाकुम्भ भेला यस पनि सुनसरीको चतरा धाममा भव्यताका साथ सम्पन्न गर्न तयारी थालिएको छ ।

ऐतिहासिक महत्व बोकेको चतरा धाममा यही चैत्र २७ देखि २०८१ वैसाख १७ गतेसम्म सञ्चालन हुने महाकुम्भ भेलालाई भव्यताकासाथ सम्पन्न गर्न विभिन्न ठाउँमा समितिहरु समेत गठन भएका छन् ।

१२ बर्ष पछि लाग्न लागेको सुनसरीको चतराधामको कुम्भ मेलालाई भव्य बनाउन धरानमा समेत समिति गठन गरिएको छ ।

धरान १२ गीता मन्दिरमा नेपालका प्रथम जगत गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा समिति गठन गरिएको हो ।

महाकुम्भलाई सफल बनाउन पितरुमल अग्रवालको संयाजकत्वमा महासचिव बासुदेव गौतम, सचिव बासु बराल कोषाध्यक्षमा रामस्वरुप शर्मा, उपसमिति संयोजकमा राजकुमार निरौला र धार्मिक संघ सस्थाको संयोजकमा दुर्गा काफले रहेका छन् ।

कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म ५ वटा स्थान मात्र मेला लाग्ने गरेको छ ।

ति ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३–३ वर्षको अन्तरालमा लाग्दछ त्यो मध्ये नेपालका बराहक्षेत्र धाम पनि एक हो ।

। जगत गुरुले बालसन्तले स्कनद महापुराणको हिमादी खण्डको १२ अध्यायमा उल्लेख भए अनुसार नेपालमा कुम्भ मेला लाग्ने गरेको बताउदै अब लाग्न लागेको मेलालाई भव्यताका साथ सफल बनाउन सबैलाई आग्रह गरे । उनले भने–‘यो ऐतिहासिक महत्व बोकेको मेला हो, यसलाई सबैले मिलेर भव्यताका साथ सफल बनाउनुपर्छ ।’

प्रचारप्रसार समितिका संयोजक पितरुमल अग्रवालले नेपालकै ऐतिहासिक, पौराणिक तथा विभिन्न धार्मिक वेद वेदान्तमा उल्लेख भएको सुनसरीको चतरामा लाग्ने महाकुम्भ मेलालाई भव्यतासाथ सम्पन्न गर्न सबै लागि पर्ने बताए ।

उनले भने–‘भव्यताका साथ सम्पन्न गर्नकै लागि समिति गठन भएको छ, सबैको सहयोग लिएर यो समितिले महाकुम्भ मेला सम्पन्न गर्न लागि पर्ने छ ।’

प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ भने हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुुने गरेको छ ।

नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved