Top 4

    Showing 331-340 of 9,489 items.
  • मितेरी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता अभियान, ५ सयभन्दा बढी लाभान्वित

    धरान/  “स्मार्ट मनी टक” भन्ने नारासहित ग्लोबल मनी विक २०२६ को अवसरमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले देशका विभिन्न स्थानमा साता व्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानले विद्यार्थी, युवा र समुदायलाई लक्षित गर्दै व्यापक प्रभाव पारेको बैंकले जनाएको छ।बैंकले आफ्ना शाखा कार्यालयमार्फत धरान, तरहरा, चतरा, कालाबन्जर, अमरदह, उर्लाबारी तथा शनिश्चरे लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै वित्तीय ज्ञानको पहुँच विस्तार गरेको हो। अभियान अन्तर्गत ५ सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा युवा प्रत्यक्ष लाभान्वित भएका छन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 900 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘कोशी मिडिया समिट’ सम्पन्न, १४ बुँदे घोषणापत्र सार्वजनिक

    सुनसरी/ इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। डिजिटल पत्रिका प्रदेश खबर डटकमको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशभरका पत्रकार, सञ्चार उद्यमी र विज्ञापन क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न समिटले पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगका चुनौती र समाधानबारे गहन छलफल गर्दै निष्कर्षस्वरूप घोषणापत्र सार्वजनिक गरेको हो। आयोजकका तर्फबाट प्रधानसम्पादक पवन अधिकारीले मिडिया क्षेत्रका विविध विषयमा सरोकारवालाबीच भएको अन

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभेद उन्मुलन दिवसमा धरानमा श्रम र सीपका धनीहरू सम्मानित

    धरान/ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस को अवसरमा धरान उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी परम्परागत सीप र श्रममा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले समाजमा आफ्नै पेशा र सीपमार्फत पहिचान बनाएका व्यक्तित्वहरूलाई नगद रु ५,००० सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। सम्मानित हुनेहरूमा ढकिया बुन्ने चैत मल्लिक, पञ्चेबाजा टिम लिडर वीरबहादुर दर्जी, सिलाइ–कटाइ व्यवसायी पर्शुराम भित्रिकोटी, खुकुरीको दाप बनाउने नरेन्द्रबहादुर सार्की, खुकुरी निर्माता केवल विश्वकर्मा,

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारीको रायचौरीमा जन सहभागिताबाट कल्भर्ट निर्माण

    पानबारी/ धरान–६ पानबारीको रायचौरी जंगल बस्तीमा स्थानीयवासीले फेरि एकपटक उदाहरणीय काम थालेका छन्। आवतजावतमा वर्षौंदेखि समस्या झेल्दै आएका बासिन्दाले अब कसैको मुख नताकी आफ्नै पहलमा कल्भर्ट निर्माण सुरु गरेका हुन्। रायचौरी खेलमैदानदेखि पूर्वतर्फ जाने ग्राभेल सडकका तीन स्थानमा जनसहभागितामार्फत धमाधम कल्भर्ट निर्माण भइरहेको सगरमाथा टोल विकास संस्थाका उपेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार वर्षायाममा कुलोमा पानी बग्दा बाटो नै अवरुद्ध हुने समस्या समाधान गर्न यो अभियान थालिएको हो। “पहिले काठको कल्भर्ट बनाइएको थियो, तर समयसँगै बिग्रियो। त्यसैले अहिले सबै मिलेर सिमेन्टको दिगो कल्भ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 1,002 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानको लहर केराबारीमा :जलकन्या देवी मन्दिर पुनर्निर्माणमा गाउँ एकजुट

    पानबारी/  श्रमदानमार्फत विकास गर्ने अभियान केराबारी गाउँपालिकामा पनि तीव्र बन्दै गएको छ। धरानमा पूर्वमेयर हर्कराज साम्पाङले सुरु गरेको श्रम संस्कृतिबाट प्रेरित हुँदै केराबारीका स्थानीय बासिन्दा अहिले आफ्नै गाउँ बनाउने अभियानमा जुटेका छन्। केराबारी–५ का वडाध्यक्ष अजय शुव्वाका अनुसार जनप्रतिनिधिसहित स्थानीयहरू स्वयं सक्रिय भई ऐतिहासिक जलकन्या देवी मन्दिर संरक्षण र पुनर्निर्माणमा श्रमदान गरिरहेका छन्। साविक याङशिला क्षेत्रको यो मन्दिर बाउबाजेको पालादेखि पूजा हुँदै आएको धार्मिक स्थल हो।इतिहासअनुसार जयराम कटेल र नन्दकिशोर कटेल शर्माले स्थापना गरेको यस देवीथानमा पानी उम्रिने विश्वाससमे

    • प्रकाशित मितिः चैत ७, २०८२
    • 882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलाम साक्मा बाल विकास केन्द्रमा शैक्षिक सामग्री वितरण

    धरान/ धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश इवारमले सामुदायिक बाल विकास केन्द्रहरू बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले सिलाम साक्मा नमुना बाल विकास केन्द्रमा आयोजित खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले केन्द्रमा क–ख–ग वा ए–बी–सी–डी सिकाउने मात्र नभई बालबालिकालाई सभ्य व्यवहार, सकारात्मक सोच र राम्रो वातावरणमा हुर्काउने उद्देश्य रहेको स्पष्ट पारे। “बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्यको जग हो,” उनले भने। सिलाम साक्मा बाल विकास केन्द्रमा हाल २६ जना बालबालिका अध्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्राहक आकर्षणको केन्द्र बन्यो टिभिएस मेला : भोलि अन्तिम दिन

    इटहरी/ नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित ‘टिभिएस एक्सचेञ्ज म्यानिया’ मेला भोलि (शुक्रबार) सम्पन्न हुँदैछ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको मेलाले छोटो समयमै उत्साहजनक सफलता हासिल गरेको छ। पाँच दिनको अवधिमा ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् भने पुराना सवारी साटेर नयाँ किन्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउँदा ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा र इन्जिनमा आजीवन वारेन्टीसम्म पाउने व्यवस्था ग

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा महिला पत्रकारको चरित्रहत्या गर्ने एक पक्राउ, चार जनाको खोजी तीव्र

    धरान/ सामाजिक सञ्जाल फेसबुकमार्फत महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा धरानमा एक जना पक्राउ परेका छन् भने अन्य संलग्नको खोजी तीव्र पारिएको छ। धरान उपमहानगरपालिका–१२ निवासी फुर्वा शेर्पालाई असान्दर्भिक भिडियो पोस्ट गर्दै गालीगलौज तथा अपमानजनक टिप्पणीमार्फत पत्रकार महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पत्रकारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल उनलाई म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न अन्य चा

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 967 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वरमा रथोत्सवको तयारी पूरा, आजदेखि धार्मिक यात्रा सुरु

    धरान/ धरान–१४ स्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पिण्डेश्वर महादेव मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव आजदेखि भव्य रूपमा सुरु हुँदैछ। चैत्र ५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने यस महोत्सवका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पिण्डेश्वर बाबाधाम समिति र मन्दिर व्यवस्थापनको संयुक्त आयोजनामा हुने यस रथोत्सवले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने लक्ष्य लिएको छ। रुद्राक्षारण्य महात्म्यमा उल्लेखित ऐतिहासिक महत्वलाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए। महोत्सव अवधिभर दैनिक बिहान ९ बजेदेखि

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 294 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘एसईई आइडल–६’ को तयारी सुरु, निःशुल्क फारम वितरण

    पानबारी/ “शिक्षाका लागि सङ्गीत” भन्ने मूल नारासहित प्रतिभा खोजी अभियानका रूपमा सञ्चालन हुँदै आएको एसईई आइडल–६ को तयारी धरानमा सुरु भएको छ। सन् २०१९ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको छैटौं संस्करणको पहिलो खुल्ला अडिसन आगामी २०८३ साल वैशाख ५ गते (शनिबार) हुने आयोजकले जनाएको छ। एफ.टि.एल. अनलाइन टिभी फक्ताङ्लुङ खबर को आयोजनामा प्रत्येक वर्षझैं यस वर्ष पनि धरानमै कार्यक्रम सञ्चालन हुने भएको हो। एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता प्रदेशस्तरीय हो। प्रतियोगितामा खुल्ला गायन, नृत्य र वक्तृत्वक

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved