पिण्डेश्वरमा रथोत्सवको तयारी पूरा, आजदेखि धार्मिक यात्रा सुरु

  • चैत ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१४ स्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल श्री पिण्डेश्वर महादेव मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव आजदेखि भव्य रूपमा सुरु हुँदैछ।

चैत्र ५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने यस महोत्सवका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

पिण्डेश्वर बाबाधाम समिति र मन्दिर व्यवस्थापनको संयुक्त आयोजनामा हुने यस रथोत्सवले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने लक्ष्य लिएको छ।

रुद्राक्षारण्य महात्म्यमा उल्लेखित ऐतिहासिक महत्वलाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए।

महोत्सव अवधिभर दैनिक बिहान ९ बजेदेखि रुद्री पूजा तथा साँझ भव्य भजन–कीर्तन गरिनेछ। साथै, भक्तजनको व्यापक सहभागितासहित विशेष रथयात्राहरू पनि सञ्चालन हुनेछन्।

आजदेखि सुरु हुने रथयात्रा दन्तकाली, पञ्चकन्या र बुढासुब्बा मन्दिर हुँदै पिण्डेश्वरमा समापन हुने छ। विशेष रूपमा चैत्र १२, १३ र १४ गते भव्य रथयात्रा आयोजना गरिनेछ।

चैत्र १३ गते बुढासुब्बा मन्दिरबाट सुरु हुने र चैत्र १९ गते धरान बजार परिक्रमा गर्दै रथोत्सवको विधिवत् समापन गरिने कार्यक्रम रहेको मूल पुजारी गोकुल पोखरेलले बताए।

यस धार्मिक महोत्सवलाई वडा नं. १४ कार्यालयको संरक्षण रहेको छ भने बुढासुब्बा मन्दिर सम्भार तथा संरक्षण परिषद्, दन्तकाली मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिले सहकार्य गरेका छन्।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved