धरानमा ‘एसईई आइडल–६’ को तयारी सुरु, निःशुल्क फारम वितरण

  • चैत ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt -रणध्वज लोहार

पानबारी/ “शिक्षाका लागि सङ्गीत” भन्ने मूल नारासहित प्रतिभा खोजी अभियानका रूपमा सञ्चालन हुँदै आएको एसईई आइडल–६ को तयारी धरानमा सुरु भएको छ।

सन् २०१९ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको छैटौं संस्करणको पहिलो खुल्ला अडिसन आगामी २०८३ साल वैशाख ५ गते (शनिबार) हुने आयोजकले जनाएको छ।

एफ.टि.एल. अनलाइन टिभी फक्ताङ्लुङ खबर को आयोजनामा प्रत्येक वर्षझैं यस वर्ष पनि धरानमै कार्यक्रम सञ्चालन हुने भएको हो।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता प्रदेशस्तरीय हो। प्रतियोगितामा खुल्ला गायन, नृत्य र वक्तृत्वकला गरी तीन विधामा सहभागिता जनाउन सकिने आयोजक तथा संस्थापक अध्यक्ष डम्बर तुम्बापो ले जानकारी दिएका छन्।

प्रतियोगिताका विजेताहरूले ट्रफीसहित रु. १ लाख नगद पुरस्कार, २ वर्षसम्म १०० प्रतिशत निःशुल्क छात्रवृत्ति, निःशुल्क बारिष्टा तालिम तथा मुस्ताङ भ्रमणको अवसर प्राप्त गर्नेछन्।

कोशी प्रदेशभरिका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने यस प्रतियोगिता पूर्ण रूपमा निःशुल्क रहेको छ। हाल फारम वितरण जारी रहेको र इच्छुकले ९८५२०६२१९२ मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved