मितेरी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता अभियान, ५ सयभन्दा बढी लाभान्वित

  • चैत ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  “स्मार्ट मनी टक” भन्ने नारासहित ग्लोबल मनी विक २०२६ को अवसरमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले देशका विभिन्न स्थानमा साता व्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानले विद्यार्थी, युवा र समुदायलाई लक्षित गर्दै व्यापक प्रभाव पारेको बैंकले जनाएको छ।
बैंकले आफ्ना शाखा कार्यालयमार्फत धरान, तरहरा, चतरा, कालाबन्जर, अमरदह, उर्लाबारी तथा शनिश्चरे लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै वित्तीय ज्ञानको पहुँच विस्तार गरेको हो।

अभियान अन्तर्गत ५ सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा युवा प्रत्यक्ष लाभान्वित भएका छन्।
कार्यक्रममा सहभागीहरुलाई बचतको महत्व, ऋण तथा लगानीसम्बन्धी आधारभूत ज्ञान, आधुनिक बैंकिङ प्रणाली, विद्युतीय बैंकिङ सेवा तथा डिजिटल ठगीबाट जोगिने उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

विशेषगरी अज्ञात स्रोतबाट प्राप्त लिंक नखोल्न, संवेदनशील विवरण सेयर नगर्न र सुरक्षित डिजिटल अभ्यास अपनाउन बैंकले सचेत गराएको थियो।
यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्व  (CSR) अन्तर्गत बैंकले सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) बाल कल्याण विद्यालय, धरान–१६ लाई आवश्यक शैक्षिक तथा कार्यालय सामग्री हस्तान्तरण गरेको छ। बैंकले विद्यालयलाई २ थान र्याक, १ थान स्टील दराज, १ थान कम्प्युटर टेबल, २ थान रिभल्भिङ कुर्सी तथा १ थान अफिस टेबल उपलब्ध गराएको हो।

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किसन मास्के, प्रमुख कार्यकारी अधिकृत अनन्त कुमार चापागाईं, पूर्व सञ्चालक राजेश अग्रवाल, वरिष्ठ प्रबन्धक विशाल श्रेष्ठ तथा वडा नं. १६ का अध्यक्ष मुरारी प्रसाद भट्टराईको उपस्थिति रहेको थियो।

बैंकका अध्यक्ष मास्केले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक अर्जुन कुमार वस्तेत र शिक्षिका आरती थापालाई सामग्री हस्तान्तरण गरिएको बैंकका अफिसर सञ्जोग श्रेष्ठले जानकारी दिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved