धरानमा महिला पत्रकारको चरित्रहत्या गर्ने एक पक्राउ, चार जनाको खोजी तीव्र

  • चैत ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामाजिक सञ्जाल फेसबुकमार्फत महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा धरानमा एक जना पक्राउ परेका छन् भने अन्य संलग्नको खोजी तीव्र पारिएको छ।

धरान उपमहानगरपालिका–१२ निवासी फुर्वा शेर्पालाई असान्दर्भिक भिडियो पोस्ट गर्दै गालीगलौज तथा अपमानजनक टिप्पणीमार्फत पत्रकार महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित पत्रकारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल उनलाई म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

घटनामा संलग्न अन्य चार जना—निशा राई, सन्देश खालिङ, अगम राई र पूर्ण तामाङ—विरुद्ध पनि जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय धरान का प्रहरी नायव उपरीक्षक भिषणबाबु राईका अनुसार उनीहरूको खोजी कार्य जारी रहेको छ।

प्रहरीका अनुसार ती व्यक्तिहरूले सामाजिक सञ्जालमा अपमानजनक सामग्री पोस्ट गर्दै पत्रकार महिलाको प्रतिष्ठामाथि आघात पुर्‍याउने प्रयास गरेका थिए। घटनाले साइबर अपराध र सामाजिक सञ्जालको दुरुपयोगबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

नोट: यस समाचारमा पीडित महिला पत्रकारको नाम गोप्य राखिएको छ

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved