पानबारीको रायचौरीमा जन सहभागिताबाट कल्भर्ट निर्माण

  • चैत ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

पानबारी/ धरान–६ पानबारीको रायचौरी जंगल बस्तीमा स्थानीयवासीले फेरि एकपटक उदाहरणीय काम थालेका छन्।

आवतजावतमा वर्षौंदेखि समस्या झेल्दै आएका बासिन्दाले अब कसैको मुख नताकी आफ्नै पहलमा कल्भर्ट निर्माण सुरु गरेका हुन्।

रायचौरी खेलमैदानदेखि पूर्वतर्फ जाने ग्राभेल सडकका तीन स्थानमा जनसहभागितामार्फत धमाधम कल्भर्ट निर्माण भइरहेको सगरमाथा टोल विकास संस्थाका उपेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार वर्षायाममा कुलोमा पानी बग्दा बाटो नै अवरुद्ध हुने समस्या समाधान गर्न यो अभियान थालिएको हो।

“पहिले काठको कल्भर्ट बनाइएको थियो, तर समयसँगै बिग्रियो। त्यसैले अहिले सबै मिलेर सिमेन्टको दिगो कल्भर्ट बनाउँदैछौं,” पौडेलले भने।

टोल विकास समिति, जग्गाधनी तथा स्थानीयको सक्रिय सहयोगमा काम अघि बढिरहेको छ। “वडाको मात्रै भर नपरी, आफ्नै गाउँ आफैं बनाऔं” भन्ने सोचसहित रकम संकलनदेखि श्रमदानसम्म स्थानीय जुटेका छन्।

हाल १६ फिट चौडाइको सडकमा भविष्यमा विस्तार गर्दा पनि समस्या नहोस् भन्ने सोचका साथ संरचना निर्माण भइरहेको छ। कल्भर्ट बनेपछि यहाँका बासिन्दालाई सहज आवतजावत हुने विश्वास गरिएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved