इटहरीमा ‘कोशी मिडिया समिट’ सम्पन्न, १४ बुँदे घोषणापत्र सार्वजनिक

  • चैत ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। डिजिटल पत्रिका प्रदेश खबर डटकमको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशभरका पत्रकार, सञ्चार उद्यमी र विज्ञापन क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न समिटले पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगका चुनौती र समाधानबारे गहन छलफल गर्दै निष्कर्षस्वरूप घोषणापत्र सार्वजनिक गरेको हो।

आयोजकका तर्फबाट प्रधानसम्पादक पवन अधिकारीले मिडिया क्षेत्रका विविध विषयमा सरोकारवालाबीच भएको अन्तरक्रियाबाट निचोड निकालेर घोषणापत्र तयार गरिएको जानकारी दिए।

समिटमा प्रेस काउन्सिल नेपाल का अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघ का महासचिव रामप्रसाद दाहाललगायतले पत्रकारका जिज्ञासामा जवाफ दिएका थिए।

त्यस्तै राष्ट्रिय समाचार समिति का अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थान का अध्यक्ष अखण्ड भण्डारीले पनि पत्रकारिता क्षेत्रका समसामयिक विषयमा धारणा राखेका थिए।

घोषणापत्रका मुख्य बुँदा:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित वातावरण बनाउन सरकारसँग माग

पत्रकारमाथि हुने आक्रमण र धम्की रोक्न कडा कारबाहीको माग

प्रेस पास वितरण सहज र दुरुपयोग नियन्त्रण गर्न आग्रह

सम्पादकीय स्वतन्त्रता र समाचार कक्षको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ विरुद्ध विश्वसनीय पत्रकारितामा जोड

मिडिया साक्षरता अभियान सञ्चालन गर्न सरकार–सरोकारवालाबीच सहकार्य आवश्यक

संकटमा रहेका सञ्चारगृहलाई अनुदान र ‘सफ्ट लोन’ व्यवस्था गर्नुपर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सामाजिक सुरक्षा कोषमा आबद्धता सुनिश्चित गर्नुपर्ने

समिटले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्दै कोशी प्रदेशको विकास र समृद्धिमा पत्रकारिताको सक्रिय भूमिका रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी, मिडिया सञ्चालक र विज्ञापन एजेन्सीहरूको उल्लेखनीय सहभागिता रहेको थियो

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved