दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न. स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ र १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संचालक प्रिन्सिपल निश्चलराज शाक्यले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो । ट्राफिक प्रहरी दुहबी पोस्ट कार्यालयको सहकार्यमा कार्यक्रम भएको शाक्यले जानकारी दिए । निजी तथा सरकारी स्कुलमा गएर ट्राफिक नियम सम्बन्धि ता
सम्पति के हो ? अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध। दुख के हो ?खाडी मुलुक बस्नेलाई सोध । सम्बन्ध के हो?आफन्तबाट टाढिएकालाई सोध।रोग के हो ?मनपरि खानेलाई सोध। उपचार के हो?जिवन पद्धति बुझेकालाई सोध। देश कसरी बिग्रियो?राजनिती गर्ने छट्टुहरुलाइ सोध। आज यो मुलुक छोड्न कोही शरणार्थी बन्न तयार छन्कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।। _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान
काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो। अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ। त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः # यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु। # पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रह
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाटमा १० औँ संस्करणको सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता –२०८१ आयोजना हुने भएको छ । वडा दसै , शुभ दिपावली तथा छठ पर्वको अवसरमा सप्तकोशी युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता बारे आयोजक सप्तकोशी युवा क्लवले सोमवार पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो । आयोजक क्लबका अध्यक्ष ज्ञानबहादुर लिम्बुको सभाध्यक्षता तथा वराहक्षेत्र नगरपालिका वडा नं ७ का अध्यक्ष , नगर खेलकुद विकाश समितिका संयोजक कपिल आचार्य प्रमुख अतिथि रहेका थिए । स्थानिय बसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म आयोजना
चौतारा अगम सिं राईको तक्मा टेकेर अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !ढिके नुनमा घिऊ साटेर सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेरकाँधका खकन र निधारको बरियो बिसाएरहरियो बन्छ चतरा । जाडोमा कठ्याङ्ग्रिदै बर्खामा उखपात गर्मी छर्छ चतरा मान्छेहरुको श्रमले शिथिल देवी, देउराली र ढुङ्गाका देउताहरुकोपसिना काढ्छ चतरा उफ ! चतरा । वैदिक कालको गायत्री मन्त्र जपेरशृङ्गी ऋषिको तपमा तातिन्छ चतरामहाभारतका पाण्डवले चोरघाट तर्दाबट्टी उठाउँछ चतरा। औलिया बाबाले औलो खिचेर शान्ति छर्दा दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा उफ ! चतरा। सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा खरमजुरको संसर्गले सेताम्य हुन्छ चतर
काठमाण्डौं/ टेंकरमा लकिङ प्रणालीको सुरु भएपछिपनि इन्धन कमहुँदा चालकलाई दोब्बर जरिवाना गराउने नीति अन्त्य भएकोछ । त्यस्तै इन्धन ढुवानी सम्झौता गर्न पाँचवटा टेंकर हुनुपर्ने विधि अन्त्य गर्दै एउटा मात्रै टेंकर हुनेले पनि सम्झौता गर्न पाउने भएकोछ । सोमबार मन्त्रालयमा भएको सरोकारवालाहरुको छलफलमा टेंकर चालकलाई गरिने दोब्बर जरिवाना हटाउँदै तापक्रमको फरकबाट इन्धनमा घटबढ हुँदा मजदुरहरुलाई दायित्व बहन नगराउन (फुल टेम्प्रेचर दिन) र इन्धन ढुवानीकर्ता बन्न चाहने स्वरोजगार मजदुरहरुलाई विना धरौटी व्यक्तिगत सम्झौता गर्ने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल एक्लिएका छन् । उपमेयर सहितको जनप्रतिनिधी उच्च अदालतमा मेयर पौडेल विरुद्ध उच्च अदालत पुगेका छन् । पौडेल विरुद्ध उपमहानगरको कार्यपालिकाका बहुमत जनप्रतिनिधिले रिट दर्ता गराए भने रिट दायर गर्नेमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरु छन् । उनीहरुले बैठक राख्न परमादेश माग गरेका छन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।विभिन्न ५ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालतलाई गुहार्न
धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ । उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे । तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो । जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ । उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी द
धरान/ समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ । कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्