विराटनगरमा सडक सौन्दर्यकरण अभियान,नविलको सहयोग हाल सम्म २४ लाख ५० हजार रुपैयाँ खातामा जम्मा

  • मंसिर १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

माेरङ/विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

Nabil bank (1)


सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो ।

हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।यसअघि १३ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि

विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय 

संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका पुनमकुमार दाहालले जानकारी दिनुभयो ।

बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । मेयर कोइरालाले बैंकहरुको सहयोगकै कारण बरगाछीदेखि रोडशेषचोकसम्मको सौन्दर्यकरण भइसकेको जानकारी दिनुभयो । नविल बैंकको कोशी प्रदेशमा ४० वटा शाखा छन् । जसमध्ये ५ वटा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित छन् ।

प्रदेश प्रमुख श्रेष्ठले आगामी दिनमा पनि महानगरको अभियानमा बैंकको साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

कोइरालाले सौन्दर्यकरण अभियानमा बैंक तथा वित्तीय संस्थाहरुले पु¥याउँदै आएको सहयोगप्रति विभिन्न सार्वजनिक मञ्चहरुबाटै धन्यवादसमेत दिँदै आउनुभएको छ । ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको छ । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले सौन्दर्यकरण कार्यलाई मूर्त रुपमा दिइरहेको छ ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved