बनेन जुवानेको पुल धरान उपमहानगरले नदेखेको धरान (भिडियो सहित)

  • मंसिर १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित आमबोटे र जुवानेलाई सेउती खोलाले छुट्याएको छ । सेउती वारी र पारी आउजाउलाई सहज बनाउन भनेर २०७४ सालमा पुल बन्न सुरु भयो पिल्लरहरु ठडिए, फलामे संरचनाहरु हालिए ।

तर, मेयर तारा सूब्बाको अकस्मात निधनसंगै पुल बन्ने काममा पनि पूर्णविराम लाग्यो । 

Juwane pul

विजयपुर छिचोलेर धरान शहरसंग करिव ४ किलोमिटर दूरीमा रहेको उक्त आमबोटे जुवाने क्षेत्र धरान उपमहानगरपालिका होइन उपेक्षामा परेको कुनै विकट र दुरदराजको गाउँ जस्तै छ ।

सम्पन्न धरान शहरभीत्रै रहेको यो पुल बन्न सुरु भएको ७ वर्ष वितिसक्दापनि निर्माण सम्पन्न हुनसकेन ।

पुल अभावमा सेउती पारीका ४ नम्बर वडाभीत्रै रहेका छबोटे, दानाबारी, कालिमाटी, नैने, खाकर डाँडा, किरात टोल, नहरे, जुवाने, हर्दीया, तेलनपुर, एक्लेटार र ढाडे लगायतका सयौँ घरपरिवार समस्यामा छन् ।

त्यहाँ उत्पादन हुने तरकारी, फलफूल, सागसब्जी, दुध लगायतका अन्नबालीहरु सहजै धरान बजारसम्म ल्याउन समस्या छ । 

मंगलबार नेकपा (एमाले) का कोशी प्रदेश सदस्य, प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईको संयोजनमा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, धरान ४ नम्बर वडा सदस्य राज चाम्लिङ, नेकपा (एमाले) धरान नगर सचिव राजेन्द्र राई तथा सञ्चारकर्मीहरुको टोली जुवाने स्थित सेउती खोलामा रहेको पुलको स्थलगत अध्ययनका लागि पुगेका थिए । 

Juwane

प्रदेश सांसद बस्नेत, वडा प्रतिनिधि, पार्टी नेताहरु र सञ्चारकर्मीहरुसंग स्थानीयले आफ्ना पीडा यसी सुनाएका थिए । 

स्थानीय राजेन्द्र राई भन्छन् हामीलाई धरान उपमहानगरपालिकाले चिन्दैन, हाम्रो पीडा देख्दैन, हामीलाई सुन्दैन । उनले भने तारा सूब्बाले सुरुमा १० लाख बजेट विनियोजन गरिदिनु भयो, हामी स्थानीयले जनश्रमदान पनि ग¥यौँ ।

पुनः २० लाख बजेट छुटिएको थियो तर, सबै बजेट कार्यान्वयन गर्न सकिएन । तारा सूब्बाको देहान्तसंगै अरु कसैलेपनि यो वडाको समस्यालाई बुझ्न सकेनन् । 

हिउँदका समय केही महिना बाहेक वर्षा लगायतका याममा त्यस भेगका विद्यार्थीहरु विद्यालय जान, टोलबासीहरु बजार जान करिव ३ घण्टाको बाटो घुमेर जानु पर्ने अवस्था रहेको नहरेका स्थानीय अविरसिं राईले बताए । 

अहिले सुख्खा छ तर केही पानी पर्ने वित्तिकै बाढी आउँछ पारी जान धेरै घुम्नु पर्छ कति घुम्नु भनेर खोलामा पस्या लडाइहाल्छ ज्याननै बाजी लाउनु पर्ने अवस्था छ स्थानीय हिमालसरी राईले बताइन् । 

धरानभीत्रै भएर पनि वर्षौदेखिको यहाका किसानहरुको समस्या समाधान नभएको सरस्वती राईले बताइन् । 

वडा नम्बर ४ का वडा सदस्य राजन चाम्लिङले धरान उपमहानगरले यस वडालाई वेवास्ता गरेको गुनासो गरे ।

उनले भने सानातिना योजना बाहेक अन्य योजनामा मेयरले अस्विकार गर्ने गरेको बताए । यो पुल निर्माणमा तारा सूब्बा पछि कुनै पनि मेयर उपमेयरहरुले चासो नराखेको उनले बताए । 

पुलको अवस्था :

Jp

सुरुमा बनेको संरचनालाई गत असार, भदौ र अशोजको भारी वर्षा र बाढीले केही क्षति पुगेको छ ।

त्यसलाई मोटरेवल पुल निर्माण गर्ने हो भने करिव २५ देखि ३० लाख बजेटको आवश्यक्ता पर्छ ।

कोशी प्रदेश सदस्य रमेशकुमार बस्नेतको पहलमा कोशी प्रदेश सरकार सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरिदिएकोछ । तर, पुन निर्माण सम्पन्न गर्न अपुग छ । 

यस विषयमा माननीय रमेशकुमार बस्नेत भन्छन् प्रदेश सरकारले १५ लाख रकम छ्ट्याइदिएकोछ अपुग रकम वडा नम्बर ४ र स्थानीय साझेदारीमा पुल निर्माण सम्पन्न गर्नेगरी काम गर्नु पर्छ । यसको पहलकदमी वडा नम्बर ४ ले गर्नु पर्छ ।

समयमा काम सम्पन्न गर्ने समयसिमा रहेकाले तत्काल प्राविधिकहरुलाई स्टिमेट गर्न लगाएर के सम्म गर्न सकिन्छ त्यही गर्नुपर्छ । 

म सँधै जनतासंगै रहेकाले मेरो तर्फबाट यसअघि चैतमै पनि यस पुलको अनुगमन गरिसकेको हो पछिल्लो बाढीले पुलको संरचनामा क्षति पुगेकाले पुन अनुगमन भएकोछ यसकालागि पहल निरन्तर रहन्छ । 

pahiro

तस्बिर:भगत राईको पहिरोले क्षतिग्रस्त घर

त्यस्तै वडा नम्बर ४ स्थित बसन्तटारका भगत राईको पहिरोले क्षतिग्रस्त घरघडेरीको समत माननीय, सञ्चारकर्मीहरु र पार्टी नेतृत्वबाट अनुगमन भएकोछ । 

 भिडियो :

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved