धरान/ धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ ।
धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा प्रतियोगिता संपँन्न हुन लागेका आइतवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराए ।
प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरु वाट करिव १२ वटा टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा १२ कक्षा सम्म अध्यन गरिरहेको खेलाडिहरुले सहभागिता हुन पाउने छ ।
प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडिले सहभागिता जनाउन पाउनेछ । १० कक्षा सम्मका खेलाडिहरुको हकमा भने टिमको सम्पुर्ण १२ जना खेलाडि नै समावेस गर्न पाइने आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी गराए ।
। विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दिवंगत पुर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तिन वर्ष अघि देखि धरान मेघा कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु सूरु भएको हो ।
धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असमाहिक निधन पछि उनको सम्मानमा प्रतियोगिता आयोजनाको सुरुवात गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले वताए
प्रतियोगिता पुस १ गते देखि ५ गते सम्म आयोजक धरान मेघा कलेजको बास्केटल कोर्टमा सम्पन्न हुनेछ ।
प्रतियोगिताको फाइन खेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने
प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागि खेलाडिले १ मिनट थी्र पोइन्ट सट गर्नेछ ।
त्यस मध्ये वाट वढि बास्केट गर्ने उत्कृष्ट तिन खेलाडि छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्ये वाट एक मिनेटमा जसले वडि थी्र पोइन्ट वास्केट गर्नेछ उहि थी्र पोइन्ट च्याम्पियन घोषित हुनेछ । थी्र पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
धरान मेघा हिमालयन कलेजको सभाहलमा संपन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, रेवाहाङ राईका वुवा रेवतिरमण राई र आमा सुजता राई लगायतको उपस्थिति रहेको थियो ।