यातायात कार्यालयको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने

  • मंसिर १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर /कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो  मन्त्रालयमा कुनै पनि काम अडकिने रोकिने गरिनु हुदैन ।

आफू काममा बिश्वास गर्ने र सहभागितात्मक निर्णय गरिने पनि उहाँले प्रष्ट पार्नुभयो । 

मन्त्री भण्डारीले प्रदेश मातहत पर्ने आठ वटा यातायात ब्यवस्था कार्यालयहरुको भौतिक संरचना तथा सेवा प्रवाहमा सुधारका लागि सुझाब पेश गर्न कार्यदल गठन गर्र्ने पहिलो निर्णय गर्नुभएको छ ।

मन्त्रालयको कानुन तथा प्रदेशसभा मामिला महाशाखा प्रमुख संयोजक रहेको चार सदस्यीय कार्यदललाई सुझाब पेश गर्न १५ दिनको समय तोकिएको छ ।

यस्तै मुल ऐन अन्र्तगत नियमावली तर्जुमा हुन नसकेका ऐन सम्बन्धी नियम एक महिना भित्र तर्जुमा गरिने भएको छ ।

आठ वटा यातायात ब्यबस्था कार्यालयहरुको सेवा प्रबाह चुस्त दुरुस्त बनाइ गुनासो रहित बनाउन कार्यदल गठन गरिएको मन्त्री भण्डारीले बताउनुभयो ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved