सुनसरीको गढीमा काँग्रेस विजयी, झापामा स्वतन्त्र उम्मेद्धवारको जित

  • मंसिर १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार नेकपा ९एमाले० का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा ९माओवादी केन्द्र० का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

सुनसरीको गढीमा नेपाली काँग्रेसका तेतर साह विजयी

त्यसैगरि सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी हँसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाएका छन् ।

नेकपा एमालेको तर्फबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्ष सदानन्द उराँवको निधन भएकोले रिक्त भएको गढी ६ मा उपनिर्वाचनमा भने सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गरेका छन्।

त्यसै गरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँवले ८४ मत प्राप्त गरिन । त्यसै गरी पिँद भएको खुकुरी ४, ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहरले २, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरियाले ४ मत रहेको छ ।

त्यसै गरी त्यसै गरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेवले ७ प्राप्त रहनुभएको छ।

त्यसै गरी दापसहितको खुकुरी भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव ७ मत प्राप्त गरे। त्यसै गरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादवले १ मत ल्याएका छन्।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved