वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श माध्यमिक बिद्यालयमा नेपाली सेनाद्बारा सञ्चालन भइ राखेको
जुनियर डिभिजन तालिम अन्तर्गत बिद्यार्थीहरुले संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि गरेका छन् ।
श्री राष्ट्रिय सेवादलद्बारा सञ्चालिन सि।सं।५० औ जुनियर डिभिजन तालिम अन्तर्गत संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनिमा सहभागी बिद्यार्थीहरुले सलामी , खुकुरी ड्रिल कराते पिटि , राष्ट्रिय तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
बिद्यालयमा नेपाली सेनाद्बारा सञ्चालन भएको जुनियर डिभिजन तालिममा ३६ जना विद्यार्थीको सहभागीता रहेको छ । बिद्यालयका प्रध्यानाध्यापक लक्ष्मी प्रसाद लिम्बुका अनुसार सहभागी बिद्यार्थीहरुले १ सय दिन तालिम लिनेछन् ।
७९ दिन तालिम लिई सकेका बिद्यार्थीहरुले संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि गरेका हुन् ।
आइतवार बिद्यालयको प्राङ्गनमा आयोजना भएको उक्त संस्थागत तालिमको दीक्षान्त कबज प्रद्बर्शनि कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ्ग मगर रहेकी थिईन् ।
कार्यक्रममा नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराई , ज्ञान बहादुर पाण्डे ,इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई , सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका सशस्त्र प्रहरी निरिक्षक सुदेश राई , नेपाली सेनाका जम्दार दिपक राई , बिद्यालयका पुर्ब लेखा प्रमुख प्रल्लाद बुढाथोकी , नेपाल रेडक्रश सोसाईटी वराहक्षेत्र उप-शाखा सभापती हरिकृष्ण भट्टराई, चतरा अस्पतालका ब्यवस्थापक डाक्टर अनिल गिरि लगायतको उपस्तिथि रगेको थियो ।
बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष यादब गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मनतव्य प्रध्यानाध्यापक लक्ष्मी प्रसाद लिम्बुले राख्नु भएको थियो ।