“ अटिजम स्पेक्ट्रम डिसअर्डर सचेतना ”

  • मंसिर १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा “अटिजम स्पेक्ट्रम डिसअर्डर का लागि वकालत र सचेतना अभियान” बिषय  एकदिवसिय  कार्यक्रम भएको छ । अन्तरक्रियात्मक गोष्ठी काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका स्कलर्सले आयोजना गरेको हो । 

उक्त कार्यक्रमलाई सहयोग गर्ने संस्थामा धरान उपमहानगरपालिका,वडा नं १४ को कार्यालय,आकार फाउन्डेसन उर्लाबारी मोरङ्ग,सुनसरि अटिजम थेरापि सेन्टर धरान रहेका थिए।

अटिजम भएका बालबालिकाहरूका अभिभावकहरू सहितको छलफलमा सहजीकरण बिपी प्रतिष्ठानका प्रोफेसर डा. विकास साह, अस्ट्रेलियाका रजिष्टार्ड अकुपेशल थेरापिष्ट जिवानाथ देवकोटा, केयु स्कुल अफ एजुकेशनकी फ्याकल्टि तथा आकार फाउन्डेशनको  निर्देशक प्रिस्मा थापाले गरेकी थिइन् ।

अटिजम हुनुको कारण पत्ता नलागे पनि। यधपि, बिज्ञहरु बिस्वास गर्छन कि यो बाताबरणीय र अनुंबशिक कारकहरुको संयोजन हुनसक्छ। ढिलो तथा उमेर ढल्केपछि विवाह भएको दम्पतीका सन्तानमा अटिजम देखिने सम्भावना हुनसक्छ । विशेषतः ४० वर्ष नाघेका पुरुष र ३५ वर्ष नाघेकी महिला दम्पतीका सन्तानमा अटिजमको सम्भावना हुन्छ। पहिलो बच्चामा अटिजम देखिएमा अरू बच्चामा पनि देखिने सम्भावना रहन्छ ।

विश्व स्वास्थ संङगठन अनुसार बिश्वमा एक प्रर्तिशत बालबालिकामा  अटिजम देखिने गरेको तथ्यांक  छ। अटिजमको समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको परिवारमा देखिन सक्छ । नेपाल को जनगणना २०७८ अनुसार अटिजम भएका ब्यक्तिहरुको संङ्ख्या ४ हजार ८८४ देखाएको छ।जुन पुर्ण तथाङ्क मानिदैन।

अध्ययन अनुसार अटिजम केटीहरूको तुलनामा केटाहरूमा बढी देखिएको छ । बालबालिकामा अटिजम भएको दर्जन बढी लक्षणहरूबाट पत्ता लगाउन सकिन्छ । अटिजम प्रायजसो जन्मेको १८ महिनाबाट ३ वर्ष भित्र प्रष्ट रूपमा देखिन्छ ।

बोलाउँदा नबोल्ने, कहिलेकाहीँ नसुने जस्तो गरिदिने, एक्लै अलग्गै बस्ने बानी भएका बालबालिकामा अटिजमको सम्भावना हुन्छ । असान्दर्भिक र नमिल्दो तरिकाले हाँस्ने वा रुने, आँखामा आँखा नजुधाउने स्वभाव पनि अटिजमको सङ्केत हो ।

साथीहरूसँग हेलमेल घुलमिल नगर्ने सामाजिक काम गर्न नसक्ने, डर नहुने साथै खतरा नबुझ्ने स्वभावका बालबालिकामा अटिजमको सम्भावना हुन्छ। कुनै पनि शब्द वा वाक्य बारम्बार दोहो¥याउने, कुनै पनि चिज÷बस्तु घुमाई रहने स्वभाव अटिजमको सम्भावना मानिन्छ।

आफ्नो आवश्यकताको सामान ठुला मानिसको हात समातेर देखाउने, बिना कारण रुने, कराउने तथा चिन्तित हुने, घाउ, चोट तथा दुखाई प्रति वास्ता नगर्ने स्वभाव अटिजमको लक्षण भएको बताइएको छ ।

हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने परिवर्तन मन नपराउने, सामान्य पढाई, लेखाई शिक्षण विधिबाट नसिक्ने, असामान्य व्यवहार हल्लिने, मच्चिने, हात हल्लाउने,दोहोरो कुराकानी गर्न मन नपराउने स्वभाव, कसैले केही काम गर्न आग्रह गर्दा असामान्य प्रतिक्रिया दिने र समूहमा खेल्नु भन्दा एक्लै खेल्न मन पराउने बालबालिकामा अटिजमको लक्षण हुन सक्ने भएको अध्ययनले देखाएको छ ।

धरान उपमहानगरपालिकाको सभा हलमा भएको छलफलमा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, अभिभावकहरूसँग अटिजम स्पेक्ट्रम विकारको लक्षण देखिए सुरुमै हस्तक्षेप गरेर अटिजमको जोखिम बाट हुने अपांगतालाई न्युनकरण गर्न सकिने विषयमा छलफल भएको थियो ।

छलफलमा सहजकर्ताहरूले अटिजमबाट प्रभावित  बालबालिकाहरूको पहिचान कम उमेरमा पहिचान  गर्ने सकियो भने र सोहि अनुसारको को थरापि तालिम दिदा बिस्तारै उनिहरुमा अटिजमको लक्षण कम हुन जान्छ र बालबालिकालाई आत्म निर्भर बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरेका थिय।

उक्त कार्यक्रममा अटिजम भएका अभिभावकले आफ्नो बच्चामा देखिएको अटिजम को लक्षण र प्रारम्भिक  हस्तक्षेपको सकरात्मक परिणाम को बारेमा अनुभव ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा अटिजम भएका बालबालिकाको परिवारलाई समाजले हेर्ने दृष्टिकोण आफ्नो तितो अनुभव ब्यक्त गरेका थिए।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved