Top 4

    Showing २,२८१-२,२९० of ९,७९८ items.
  • इटहरीको आगलागि ६ घण्टापछि नियन्त्रणमा

    सनुसरी । बुधबार विहानदेखि इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछिको लामो प्रयासपछि दिउँसो मात्रै नियन्त्रणमा आएको छ । आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी लागेको भएको थियो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो भने नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ६२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको हेलिकोप्टरबाट उद्धार

    इटहरी ।इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको उद्धार भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरी स्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराएको थियो ।                           तस्वीरः विवेक भट्टराईको सामाजिक सन्जालबाट साभार

    • प्रकाशित मितिः चैत १३, २०८१
    • ९८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा भीषण आगलागी, उद्धार गर्न कठिनाई

    इटहरी । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भीषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा रहेको १० तेल भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको हो ।आगलागी सुरु भएको फ्ल्याटमा होटल बरन्डा सञ्चालनमा थियो । उक्त होटलबाट आगलागी सुरु भएको प्रहरीको भनाइ छ । ‘१० तले भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको छ । त्यहाँभन्दा माथि धेरै जना मान्छेहरु छन् । उनीहरु उद्धारको पर्खाइमा छन् । त्रसित एवं भयभीत भएर बसिरहेकालाई उद्धार गर्न सकिएको छैन । आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ प्रहरीले भन्यो ।भवनको माथिल्लो तलामा भएकाहरु आत्तिएर चिच्याइरहेका छन् । आगो न

    • प्रकाशित मितिः चैत १३, २०८१
    • १,१६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली फुटबलःरात्रीकालीन प्रतियोगितामा दर्शकको भीँड

    धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतियोगिता धरान १६ रंगशालामा सञ्चालन भइरहेको छ । चैत्र ७ गतेबाट सञ्चालन भएको वडा स्तरीय प्रतियोगिता विगतका संस्करणमा खासै दर्शक नभए पनि २५ औं संस्कारण भने दर्शकको भीड अत्याधिक दैखिन्छ । यसको प्रमुख कारण बनेको छ रात्रीबालीन प्रतियोगिता । विगतमा दिनको समयमा हुने यो प्रतियोगिता खेलप्रेमीको चाहनालाई मध्यनजर गरी रात्रीकालीन समयमा आयौजना गरिएपछि वडास्तरीय प्रतियोगिता हेर्ने दर्शकको भीड बढैकौ हो । धरान फुटबल क्लबले आयोजना गदै आएको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो गोधुली फुटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा नयाँ सोच र नया प्रविधि अपनाएर आयोजन

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ७४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशकै ठुलो राष्ट्रिय कविता प्रतियोगिताको तरहरामा तयारी

    इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ९०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घिसिङको पक्षमा धरानमा प्रदर्शन,निर्णय सच्याउन माग

    धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेपछि अहिले त्यसको सर्वत्र विरोध भएको छ ।धरानमा समेत सर्वपक्षीय, सर्वदलीय समिति गठन गरेर कुलमान घिसिङको बर्खास्तको विरोध गर्दै विरोध जनाएका छन् ।समितिले धरान १ छाताचौकबाट विरोध प्रदर्शन गरेको थियो । ¥याली धरान २ भानुचौकमा पुगेण कोणसभामा परिणत भएको थियो । ¥यालीमा उनीहरुर्ले ै नालाक सरकार मुर्दाबाद, भ्रष्ट ओलि सरकार मुर्दाबाद, नालायक ओली सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए ।कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्र धरान उपमहानर कमिटीका

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ७१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरलाई पत्रः मेयर साब   धरानलाई नगर अस्पताल चाहियो

    वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछि तात्कालीन धरानका समाजसेवीहरुको सामूहिक पहलमा विक्रम सम्बत् १९९२ सालमा धरानका महामना दाताहरुले निजी जग्गा दानगरी जनस्तरबाटै भवन खडागरी जनता कै पहलमा डाक्टर एवम् औषधीहरुको प्रबन्ध गरी सुरु भएको धरानको छाताचोक नजिकैको धरान अस्पताल ठूलो षडयन्त्रमा परेर धरानबाट हरण भएको घटनाले आम धरानबासीलाई मानसिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ । अस्पतालको हरणले दाताका परिवारहरुको उपहास मात्र गरेको छैन आम धरानेले सहज तथा सुलभ रुपमा लिन पाउने सरकारी उपचार सेवाको समेत अपहरण भएको छ ।   जनस्तरबाट प्रारम्भ भए पनि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,३१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध, सरकारको निर्णयमाथि चर्को आलोचना

    काठमाडौं/  नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । सत्तारूढ नेपाली कांग्रेसभित्रैबाट समेत घिसिङ हटाउने निर्णयको विरोध भइरहेको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री थापाले फेसबुकमार्फत सरकारको आलोचना गर्दै भनेका छन्, "यस्तो बेला सरकारको डेलिभरीबाट असन्तुष्टि सम्बोधन गर्ने प्र

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ६०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजको खेल: १७ र २० नं. वडा आमनेसामने, ४ र १३ नं. वडाबीच प्रतिस्पर्धा

    धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा १७ नं. वडा र २० नं. वडाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा ४ नं. वडा र १३ नं. वडाले आमनेसामने हुनेछन् । रात्रिकालीन प्रतियोगिताका यी खेलहरूमध्ये पहिलो खेल साँझ ५:३० बजे र दोस्रो खेल साँझ ७:३० बजे सुरु हुनेछ । यसअघि सोमबार सम्पन्न खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् । १८ नं. वडाले १९ नं. वडालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै प्रि-क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको थियो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएको थियो । खेलको २३औं मिनेटमा १८ नं. वडाका प्रबल राईले गोल गर्दै अग्रता दिलाए पनि पहिलो ह

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ७७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेताप्रति जनताको वितृष्णा बढ्दो, आन्तरिक शुद्धिकरण आवश्यक : नेता शर्मा

    धरान/  नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय नेताहरूको कार्यशैलीप्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्। पूर्व ऊर्जा तथा अर्थमन्त्रीसमेत रहेका शर्माले पूर्व राजाको गतिविधि बढेको प्रसंगलाई इंगित गर्दै, राजावादीभन्दा नेताहरूप्रति आक्रोशित जमात धेरै रहेको उल्लेख गरे। उनले विकल्प खोज्दैमा अधिकांश जनता राजाको पक्षमा रहेको नभएको दाबी गरे। माओवादी केन्द्र धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शर्माले नेताहरूले अब आन्तरिक शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए। संघीय गणतन्त्र स्थापनापछि भौतिक प्रगति भए पनि शिक्षा, स्व

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ७७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved