इटहरीमा भीषण आगलागी, उद्धार गर्न कठिनाई

  • चैत १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भीषण आगलागी भइरहेको छ ।
प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा रहेको १० तेल भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको हो ।आगलागी सुरु भएको फ्ल्याटमा होटल बरन्डा सञ्चालनमा थियो । उक्त होटलबाट आगलागी सुरु भएको प्रहरीको भनाइ छ । ‘१० तले भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको छ ।

त्यहाँभन्दा माथि धेरै जना मान्छेहरु छन् । उनीहरु उद्धारको पर्खाइमा छन् । त्रसित एवं भयभीत भएर बसिरहेकालाई उद्धार गर्न सकिएको छैन । आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ प्रहरीले भन्यो ।भवनको माथिल्लो तलामा भएकाहरु आत्तिएर चिच्याइरहेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ । विभिन्न ठाउँबाट पुगेका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ९ः४५ बजेतिर आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगो तत्काल नियन्त्रणमा लिन नसके ठूलो क्षति हुने सम्भावना रहेको प्रहरीको भनाइ छ ।आगलागी भएको भवन १० औं तलाको रहेको प्रहरीको भनाइ छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved