घिसिङको पक्षमा धरानमा प्रदर्शन,निर्णय सच्याउन माग

  • चैत १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियु्क्त गरेपछि अहिले त्यसको सर्वत्र विरोध भएको छ ।
धरानमा समेत सर्वपक्षीय, सर्वदलीय समिति गठन गरेर कुलमान घिसिङको बर्खास्तको विरोध गर्दै विरोध जनाएका छन् ।समितिले धरान १ छाताचौकबाट विरोध प्रदर्शन गरेको थियो । ¥याली धरान २ भानुचौकमा पुगेण कोणसभामा परिणत भएको थियो ।

¥यालीमा उनीहरुर्ले ै नालाक सरकार मुर्दाबाद, भ्रष्ट ओलि सरकार मुर्दाबाद, नालायक ओली सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए ।कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्र धरान उपमहानर कमिटीका अध्यक्ष उद्धव लिम्बुले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विषयमा आम नेपाली नागरिकले राम्रो नमानेको बताए । उनले यसको विरोधमा देशैभर जनता सडकमा उत्रिएको बताउदै यो सरकारले चाडै जनताको आवाज सुन्नु पर्नेमा जोड दिए ।

यता जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बुले व्यापारीसँग कमिशन खानकै लागि घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको बताए । उनले प्रधानमन्त्रीको सालो नातेदार पर्ने व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेर सरकार नांंगिएको बताए ।यस्तै गरी कोणसभामा बोल्दै नेकपा एसका धरान नगर कमिटीका अध्यक्ष रेवतीरमण राईले उज्यालो नैपालका नायक घिसिङका विरुद्धमा सरकारले गरेको निर्णय सरकारलाई नै घातक हुने भएकोले निर्णय सच्याउन आग्रह गरे ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई बर्खास्त गदै ओलीका साला शाक्यलाई नियुक्ति गरैको थियो । घिसिङ्गको बर्खास्ती र शाक्यको नियुक्तिमा काँग्रेस र एमालेका मन्त्रीहरुले समर्थन गरेका थिए । घिसिङ्गको बर्खास्त पश्चात सत्तापक्षकै पार्टी नेपाली काँग्रेसका केही नेताहरुले आपत्ति जनाएका छन् । नेपाली काँग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले घिसिङको बर्खास्तपति ट्वीटमार्फत–‘विनाश काले विपरीत बुद्धि’ को टिप्पणी गरेका छन् ।

घिसिङ्गलाई हटाउनुको उपयुक्त कारण सरकारले दिन नसक्दा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङ्गलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु निन्दनीय कार्य भएको बताएका छन् ।यस्तै घिसिङको बर्खास्ती र शाक्यको नियुक्तिलाइ लिएर सामाजिक सञ्जालमा सरकारप्रति आम सर्वसाधारणले विषबमन समेत गरेका छन् ।

राजनैतिक संवेदनशीलताको वर्तमान अवस्थामा घिसिङ्गलाई हँटाएर शाक्यलाई नियुक्ति गर्नु नातावाद एवम् परिवारवादको चमोकोत्र्षको रुपमा सर्वसाधारणले लिएका छन् ।

 

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved