नेताप्रति जनताको वितृष्णा बढ्दो, आन्तरिक शुद्धिकरण आवश्यक : नेता शर्मा

  • चैत ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय नेताहरूको कार्यशैलीप्रति जनताको वितृष्णा बढ्दै गएको बताएका छन्।

पूर्व ऊर्जा तथा अर्थमन्त्रीसमेत रहेका शर्माले पूर्व राजाको गतिविधि बढेको प्रसंगलाई इंगित गर्दै, राजावादीभन्दा नेताहरूप्रति आक्रोशित जमात धेरै रहेको उल्लेख गरे।

उनले विकल्प खोज्दैमा अधिकांश जनता राजाको पक्षमा रहेको नभएको दाबी गरे।

माओवादी केन्द्र धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शर्माले नेताहरूले अब आन्तरिक शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताए।

संघीय गणतन्त्र स्थापनापछि भौतिक प्रगति भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता जनताको आधारभूत आवश्यकतामा ध्यान नदिँदा नेताप्रति जनताको दृष्टिकोण नकारात्मक बनेको उनको भनाइ थियो।

उनले भ्रष्टाचार, बेथितिविरुद्ध सबै दलले आत्मसमीक्षा गर्नुपर्ने बताउँदै, बेरोजगारीका कारण युवा विदेशिनु, गरिबले सहज रूपमा स्वास्थ्योपचार र शिक्षा नपाउनु जस्ता समस्याप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए।

सत्तापक्ष तथा प्रतिपक्षमा रहेका दलहरूले संकलन गरेको रकमको स्रोत खुलाउनुपर्ने बताउँदै, गल्ती भए जनता सामु स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

जनआन्दोलनपछि संविधान निर्माण भई भौतिक संरचनाको विकास भए पनि जनतासँग भावनात्मक रूपमा जोडिन नसकेको स्वीकार गर्दै, माओवादी केन्द्र अब गाउँ-गाउँमा अभियान चलाएर संगठन सुदृढीकरणमा लाग्ने शर्माले बताए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved