Top 4

    Showing 201-210 of 9,486 items.
  • २० लाख भारतीय रुपियाँ बरामद

    मोरङ/  रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 140 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरमा किरातेश्वर माङखिम पुनः उद्घाटन

    भोजपुर/ किरात धर्म, संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा निर्माण गरिएको किरातेश्वर माङखिम ९६औं समाज सुधार दिवसको अवसर पारेर भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा भव्य समारोहबीच पुनः उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई तथा विशेष अतिथि केहेरसिं योङहाङ ले संयुक्त रूपमा माङखिम उद्घाटन गर्दै किरात सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा यस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए। कार्यक्रममा अशोक राई, प्रेमकुमार राई, समाजसेवी तथा बुद्धिजीवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा छुरा प्रहारबाट युवकको हत्या, आरोपी फरार

    धरान/ सुनसरीको धरानमा आइतबार दिउँसो स्थानीय युवाबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका भुजेललाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिए पनि उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्थानीय युवाबीचको आपसी विवादका क्रममा घटना भएको खु

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 2,659 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी, ९ जनालाई थप उपचारका लागि रिफर

    बाह्रदशी/ झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारी मा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। (आइतबार) आज बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू अचानक बिरामी भएका हुन्। बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका रहेका छन्। सबैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई बाल अस्पताल दमक रिफर गरिएको छ। चिकित्सकका अनुसार २ जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 163 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • होटलमा प्रहरीको छापा : दुई भारतीयसहित पाँच जना नियन्त्रणमा

    बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको मामा भान्जा होटल एण्ड लज मा प्रहरीले छापा मार्दै पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा २०८३ बैशाख २६ गते दिउँसो ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा २ जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने १ कर्मचारी र २ जना भारतीय पुरुषलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट ध्द्यठघच्छज्ञद्धड नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ८ वर्षीय बालककाे बेतना खोलामा डुबेर मृत्यु

    इटहरी/  मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ। घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लाग

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा “श्री गौरीमाता मन्दिर” उद्घाटन

    धरान/  स्वर्गीय हजुरबुबा कुन्दनमल अग्रवाल, स्वर्गीय हजुरआमा भागिरथिदेवी अग्रवाल तथा स्वर्गीय बुवा मनिराम अग्रवालको पुण्य स्मृतिमा धरान–तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस को हाताभित्र “श्री गौरीमाता मन्दिर” निर्माण गरी समर्पण गरिएको छ। मन्दिरको उद्घाटन २०८३ साल बैशाख २५ गते शुक्रवार पुजारीद्वारा विधिपूर्वक पूजा–आराधना गरी सम्पन्न गरिएको हो। मन्दिर निर्माणमा श्रीमती मयादेवी अग्रवाल, छोरा अशोक कुमार अग्रवाल, बुहारी सुमन अग्रवाल, नाति तानिष्क अग्रवाल तथा नातिनिहरु कशिश र अदिती अग्रवालको योगदान रहेको छ। प्रबिन अग्रवालका अनुसार उद्घाटन कार्यक्रममा धेरै भक्तज

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 306 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षीय बालक गम्भीर, घरमै खेलिरहेका बेला गोमनले डस्यो

    दमक/ झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पको टोकाइबाट एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब १०:५० बजे स्थानीय कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राई आफ्नै घरको कोठाभित्र खेलिरहेका बेला गोमन सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ। सर्पले डसेलगत्तै परिवारले बालकलाई तत्काल दमक सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि B&C Hospital बिर्तामोड रेफर गरिएको छ। अस्पताल स्रोतका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनी हाल बोल्न नसक्ने अवस्थामा उपचाररत छन्। घटनापछि स्थानीयवासीलाई वर्षायाममा सर्पबाट सतर्क रहन आ

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 133 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका चोरी र अभद्र व्यवहारका फरार ३ अभियुक्त प्रहरी फन्दामा

    धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत धरानका फरार रहेका ३ जना दोषीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी ले मिति २०८३ वैशाख २५ गते सञ्चालन गरेको विशेष अभियानमा चोरी र अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा धरान–१५ का तेजबहादुर श्रेष्ठ रहेका छन्, जो चोरी मुद्दामा १८० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बाँकी रहेका थिए। त्यस्तै, धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा ४ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए भने धरान–१ का दिपका रिषिदे

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगर कारोबार गर्दागर्दै तीन युवा पक्राउ

    धरान/सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले शुक्रबार राति करिब १० बजे होटलको कोठा नम्बर ७ मा छापा मारेर ब्राउन सुगर ३६.९१ ग्राम पदार्थ बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक मेलम्चीका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोक पाँचखालका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको स

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved