८ वर्षीय बालककाे बेतना खोलामा डुबेर मृत्यु

  • वैशाख २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

इटहरी/  मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ।

घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका लागि लगिए पनि साँझ ६ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे साँझ ६ः४० बजे इलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved