भोजपुरमा किरातेश्वर माङखिम पुनः उद्घाटन ९६औं समाज सुधार दिवस भव्य रूपमा सम्पन्न

  • वैशाख २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt - किरण लिम्बु

भोजपुर/ किरात धर्म, संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा निर्माण गरिएको किरातेश्वर माङखिम ९६औं समाज सुधार दिवसको अवसर पारेर भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा भव्य समारोहबीच पुनः उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई तथा विशेष अतिथि केहेरसिं योङहाङ ले संयुक्त रूपमा माङखिम उद्घाटन गर्दै किरात सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा यस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

कार्यक्रममा अशोक राई, प्रेमकुमार राई, समाजसेवी तथा बुद्धिजीवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य टट्बहादुर पन्धाक, भारत प्रान्तीय शाखा अध्यक्ष पूर्णबहादुर सुनुवार लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह–सचिव आङबुहाङ अबोध अविरल ले सत्यधर्म मुचुल्का तथा समाज सुधार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

माङखिम निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने धनबहादुर इशारा राई तथा उहाँकी धर्मपत्नी कृष्णकुमारी राई लाई समारोहमा विशेष सम्मान गरिएको थियो।

राई दम्पतिले माङखिम निर्माणका लागि १४ रोपनी ८ आना २ पैसा २ दाम जग्गा दान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा माङलाङ, केलाङ, साकेला, तामाङसेलो लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो बेलडाँगी झापाका कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो।

साथै, अरुण नदीको कोप्चेमा साक्मुरा वादेम्मा तथा माङखिम परिसरमा येत् नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो।

९६औं समाज सुधार दिवस तथा किरातेश्वर माङखिम पुनः उद्घाटन मूल समारोह समितिका अध्यक्ष सम्बरबहादुर थुलुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य भोलाकाजी साम्पाङ ले राखेका थिए भने कार्यक्रम सञ्चालन चिरञ्जीवी खालिङ र सरिता राई ले संयुक्त रूपमा गरेका थिए।

धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक रूपान्तरणको सन्देश बोकेको उक्त कार्यक्रमले किरात समुदायबीच एकता, संस्कार संरक्षण तथा भावी पुस्तामा मौलिक सभ्यता हस्तान्तरण गर्ने विश्वास समेत जगाएको सहभागीहरूले बताएका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved