धरानमा छुरा प्रहारबाट युवकको हत्या, आरोपी फरार

  • वैशाख २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा आइतबार दिउँसो स्थानीय युवाबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ।

धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका भुजेललाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिए पनि उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्थानीय युवाबीचको आपसी विवादका क्रममा घटना भएको खुलेको छ।

घटनामा संलग्न धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा रहेको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका विश्वकर्माको खोजी तीव्र पारिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन्।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved