धरानका चोरी र अभद्र व्यवहारका फरार ३ अभियुक्त प्रहरी फन्दामा

  • वैशाख २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत धरानका फरार रहेका ३ जना दोषीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी ले मिति २०८३ वैशाख २५ गते सञ्चालन गरेको विशेष अभियानमा चोरी र अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा धरान–१५ का तेजबहादुर श्रेष्ठ रहेका छन्, जो चोरी मुद्दामा १८० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बाँकी रहेका थिए।

त्यस्तै, धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा ४ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए भने धरान–१ का दिपका रिषिदेव चोरी मुद्दामा ३ हजार रुपैयाँ जरिवाना बाँकी रहेका थिए।

प्रहरीले पक्राउ परेका सबैलाई आवश्यक कारवाही तथा फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालत मा पेश गरेको जनाएको छ।

फरार अपराधीलाई कानुनी दायरामा ल्याउने अभियानलाई प्रहरीले अझ तीव्र बनाउने जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved