धरान/ स्वर्गीय हजुरबुबा कुन्दनमल अग्रवाल, स्वर्गीय हजुरआमा भागिरथिदेवी अग्रवाल तथा स्वर्गीय बुवा मनिराम अग्रवालको पुण्य स्मृतिमा धरान–तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस को हाताभित्र “श्री गौरीमाता मन्दिर” निर्माण गरी समर्पण गरिएको छ।
मन्दिरको उद्घाटन २०८३ साल बैशाख २५ गते शुक्रवार पुजारीद्वारा विधिपूर्वक पूजा–आराधना गरी सम्पन्न गरिएको हो।
मन्दिर निर्माणमा श्रीमती मयादेवी अग्रवाल, छोरा अशोक कुमार अग्रवाल, बुहारी सुमन अग्रवाल, नाति तानिष्क अग्रवाल तथा नातिनिहरु कशिश र अदिती अग्रवालको योगदान रहेको छ।
प्रबिन अग्रवालका अनुसार उद्घाटन कार्यक्रममा धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी भक्तजनहरुले मन्दिरमा दर्शन गर्नुका साथै प्रसाद समेत ग्रहण गरेको अग्रवालले जानकारी दिए।
धार्मिक तथा सामाजिक भावनालाई जोड्दै निर्माण गरिएको उक्त मन्दिरले भक्तजनहरुलाई पूजा–आराधना गर्न सहज वातावरण प्रदान गर्ने विश्वास लिइएको छ।